Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल बैंक लिमिटेडले भर्चुअल माध्यामबाट आफ्नो साधारणसभा सम्पन्न गरेको छ । बैंकको प्रधान कार्यालय धर्मपथबाट र भिडियो कन्फ्रेन्स÷वेविनारमार्फत आयोजना गरिएको सभाले सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरेको छ ।
सभामा सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ ९चार० जना सञ्चालकबाट घटाई ३ ९तीन० र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ ९दुई० जना सञ्चालकबाट बृद्धि गरी ३ ९तीन० कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन÷थपघट गर्ने प्रस्ताव सभाबाट पारित भयो । साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको जानकारी बैंकले गराएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल