Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यराति नेपाल भारत सीमानामा नेपाल प्रहरीको हत्या

काठमाडौं । मोटरसाईकल गस्तिमा खटिएका प्रहरीको नेपाल भारत सीमाना नजिक हत्या भएको छ । शनिवार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट कैलालीको जुगेडाबाट ड्युटी गएका एकजना प्रहरीको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले बताएका छन् ।

जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र जवान राम बहादुर साउन मोटरसाईकल गस्तिमा निस्किएका थिए । उनीहरुमध्ये एक जनाको शव मोहना खोलामा फेला परेको छ । घोप्टो परेको अवस्थामा भेटिएको शव निकाल्न बाँकी रहेको र शव पहिचान भइनसकेको एसएसपी सिंहले बताए । बिहानसम्म ड्युटीबाट नफर्केपछि खोजी गर्दा शव फेला परेको हो ।

शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै पर्छ । तस्कर समूहले हत्या गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान शुरु गरेको छ ।


सम्बन्धित समाचार