Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेपाल एसीसी यू १९ एसिया कप क्रिकेटबाट बाहिरिएको छ। भारतसँग १० विकेटको लज्जास्पद हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
समूह ए मा रहेको नेपालले यसअघि अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटको हार ब्यहोरेको थियो।
आज सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको नेपाल निराशाजनक ब्याटिङ गर्दै ५२ रनमा अलआउट भयो। भारतले ५३ रनको लक्ष्य ७.१ ओभरमा भेट्टायो।
भारतका लागि अर्सिन कुलकर्णीले सर्वाधिक ४३ रन बनाए। आदर्श सिंहले १३ रन जोडे।
नेपाल समूह ए बाट बाहिरिंदा भारत, पाकिस्तान र अफगानिस्तानमध्ये दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। पाकिस्तान र अफगानिस्तानबीचको खेल जारी छ।
यो खेल पाकिस्तानले जिते भारत र पाकिस्तान सेमिफाइनल पुग्नेछन्। अफगानिस्तानले जितेको खण्डमा रनरेट निर्णायक हुनेछ।
खेलमा नेपालले निकै कमजोर ब्याटिङ गर्यो। नेपाल २२.१ ओभरमा ५२ रनमा समेटियो। नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। हेमन्त धामीले सर्वाधिक ८ रन बनाए।
नेपालको ब्याटिङलाई धराशायी बनाउन भारतका राज लिम्बानीले सर्वाधिक ७ विकेट लिए।
पहिलो विकेटका रुपमा दीपक बोहरा आउट भए। १ रन बनाएका उनी ४.१ ओभरमा लिम्बानीको बलमा बाहिरिए। त्यसपछि आएका उत्तम थापा मगर पनि ६.२ ओभरमा शून्यमै पभेलियन फर्किए।
प्रतियोगितामा राम्रो प्रदर्शन गरेका अर्जुन कुमाल पनि भारतविरुद्ध क्रिजमा टिकिरहन सकेनन्। २२ बलमा ७ रन बनाएका उनी आराध्य शुक्लाको बलमा मुसिर खानबाट क्याचआउट भए।
नेपालका लागि आश गरिएका दुई खेलाडी गुल्सन झा र देव खनालको ब्याटिङ बिर्सनलायक रह्यो। देवले २ र गुल्सनले ४ रन बनाए।
९.५ ओभरमा छैटौं विकेटका रुपमा गुल्सन बाहिरिंदा स्कोरबोर्डमा मात्र २२ रन थियो। त्यसपछि आएका दीपक बोहरा र दीपेश कँडेलले ११ रनको साझेदारी गरे। दीपक लिम्बानीकोकै बलमा सचिन धसबाट क्याचआउट भए।
आकाश चन्द ४ रनमा अविजित रहे। लिम्बानीले घातक बलिङ गर्दै मात्र १३ रन दिएर ७ विकेट लिए। त्यस्तै आराध्य शुक्लाले २ र अर्सिनले १ विकेट लिए।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल