Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल लाइफको मोटिभेसन कार्यक्रम

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रमको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पानसमा बत्ती बालेर समुद्घाटन गरेका हुन् । आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा १ हजार ५ सयभन्दा बढी सक्रिय अभिकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुना–कुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरू अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको उनको भनाइ थियो । बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनको कथन थियो । सो अवसरमा सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिए । उनले सस्तो लोकप्रियता भन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालीन लाभमा नेपाल लाइफले ध्यान दिने बताए । कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले स्वागत मन्तव्य राख्दै कम्पनीलाई यो अवस्थासम्म ल्याइपु¥याउने श्रेय सम्पूर्ण अभिकर्ताहरूको रहेको बताउँदै सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद व्यक्त गरे । सम्पूर्ण अभिकर्ताहरूले आमनागरिकलाई बीमाका बारेमा बुझाएर मात्र बीमा गराउन उनको सुझाव थियो । यस्तै, पेसागत बीमा अभिकर्ता सङ्घ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरू र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले सफलता हात पारेको दाबी गरे ।


सम्बन्धित समाचार