Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०।८६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज परिसूचक ०।५८ प्रतिशत घटेर १८४७।४७ विन्दुमा बन्द भएको हो ।
आज सर्वाधिक सेयर मूल्य सायपत्री हाइड्रोपावर लिमिटेडको घटेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ५०२ रूपैयाँ २० पैसा कायम भएको छ ।
सर्वाधिक सेयर मूल्य वृद्धि चन्द्रागिरी हिल्स लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६।०४ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता एक हजार १२४ रुपैयाँ कायम भएको छ ।
न्यिदब िक्ष्mभ दबलप
आज होटल तथा पर्यटन र उत्पादत तथा प्रशोधन समूहको सेयर मूल्य वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।
आज २८१ धितोपत्रको ३७ लाख ४९ हजार ९५४ कत्ता खरिद–बिक्री भएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल