Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आइतबार २६।३६ अंक १.२८ प्रतिशतले घटेको छ । योसँगै नेप्से २०२२.९२ विन्दुमा झरेको छ ।
यस दिन एक करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर पाँच अर्ब २४ करोड १४ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।
१३ उपसमूहको समूहगतमध्ये हाइड्रोपावरको सूचक मात्र बढेको छ ।
आज ८१ कम्पनीको सेयर मूल्य बढेको छ । १५९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
सबैभन्दा बढी कमाउनेमा १० प्रतिशतले सेयर मूल्य बढेको तेह्रथुम पावर कम्पनी लिमिटेड छ । अरू सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
सबैभन्दा बढी गुमाउनेमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड छ । यसको सेयर मूल्य ६.६९ प्रतिशतले घटेको छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल