Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेप्से ३.२१ अंकले बढ्यो

काठमाडौं । केही दिनबाट निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक सोमबार ३.२१ अंकले बढेको छ ।

बढेसँगै नेप्से २०९९.६१ को बिन्दुमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३२२ कम्पनीको ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार पनि लगानीकर्ता फाइनान्समा झुमिएका छन् । फाइनान्स समूह आजपनि सबैभन्दा धेरै २.११ प्रतिशतले बढेको छ । आइतबार यो समूह सबैभन्दा धेरै ५.४९ प्रतिशतले बढेको छ । पछिल्लो केही दिन यता फाइनान्स समूह निरन्तर लगानीकर्ताको रोजाइमा पर्दै आएको छ ।

कारोबारमा आएका १३ सूचकमध्ये ६ समूहको सेयर मूल्य बढेको छ भने ७ समूहको घटेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूह घटेरको छ । यो समूह आइतबार ०.६६ प्रतिशतले बढेको थियो ।

नेपाल फाइनान्स र गणपति लघुवित्तको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा भने मेरो माइक्रोफाइनान्स शिर्ष स्थानमा रहेको छ । कम्पनीको २४ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल