Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेशनल लाइफ इन्स्योरेन्सको नाफा १६ प्रतिशतले वृद्धि

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा १६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा २९ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष २५करोड ५६ लाख रुपैयाँ नाफा गरेको थियो।
कम्पनीको बीमाशुल्क ९ प्रतिशतले बढेको छ। यो अवधिमा बीमाशुल्क आर्जन ११ अर्ब १३ करोड रुपैयाँ छ। गत वर्ष यही अवधिमा १० अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो।
तेस्रो त्रैमासमा कम्पनीले ५ अर्ब ५७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। गत वर्षको भन्दा कम्पनीको दाबी भुक्तानी ३७.२४ प्रतिशतले धेरै हो। गत वर्ष ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको थियो।
अभिकर्ता कमिसनमा एक अर्ब खर्च गरेको छ। बीमालेख धितोमा कर्जाबाट ३९ करोड रुपैयाँ आम्दानी गरेको छ। लगानी कर्जा तथा अन्यबाट ३४ करोड रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले चालु आवको चैतसम्म व्यवस्थापनमा ८ करोड ३७ लाख रुपैयाँ खर्चिएको छ। कम्पनीमा बीमालेखको संख्या १७ लाखभन्दा बढी छ।
चुक्ता पुँजी ४ अर्ब ६४ करोड रहेको कम्पनीको जगेडा कोषमा ३२ करोड रुपैयाँ सञ्चित छ। जीवन बीमा कोषमा ५८ अर्ब र महाविपत्ति कोषमा ३७ करोड रुपैयाँ जम्मा छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ८.८५ रुपैयाँ र प्रति सेयर नेटवर्थ ११५.२६ रुपैयाँ छ।