Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेशनल लाईफले घोषणा गर्यो १४.५ प्रतिशत लाभांश

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि १४.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले आव २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ६.५ प्रतिशत नगद लाभांश करसहित प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव शर्मिला श्रेष्ठले जनाएकी छिन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब ३४ करोड ४ लाख ३१ हजार ८ सय ७५ रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।