Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नौ नेपाली राजदूतले गरे एक महिनाको तलव सहयोग

काठमाडौं । कोरोनासँगको युद्धमा नेपाल सरकारलाई सहयोग गर्नेहरु थपिने क्रममा छन् । विभिन्न नौ मुलुकमा कार्यरत नेपाली राजदूतले कोरोना राहत कोषमा एक महिनाको तलव सहयोग गर्ने भएका छन् । मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । उक्त कोषमा यूएई, इजरायल, इजिप्ट, पाकिस्तान, बहराइन, कतार, ओमान, कुवेत र साउदी अरेबियामा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो एक महिना बराबरको तलब जम्मा गर्ने निर्णय गरेका हुन् ।
यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेको अवस्थामा नेपालीको जीवनरक्षाका लागि सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।


सम्बन्धित समाचार