Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

न्यायिक क्षेत्रमै थुप्रियो फोहोर

काठमाण्डौ । कुनै पनि स्थानमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्ने पक्षले ध्यान दिएन भने पीडितले समयमा न्याय पाउँदैन ढिलो पाउने न्यायको अर्थ हुँदैन । अहिले नेपालको न्यायिक क्षेत्र फोहोरको थुप्रोले पुरिएको छ । त्यसको उचित व्यवस्थापन गर्ने अंगहरू राजनीतिक हस्तक्षेपले थिलोथिलो भएका छन् । मुलुकको राजनीतिमा देखापरेको फोहारको थुप्रो बढेपछि सफा गर्ने शक्तिहरू आन्तरिक लडाइमा भिडेपछि सफा खोजेर पाइदैन । देशको संविधानको व्याख्या गर्ने सर्वोच्च अदालतमा २५ हजार मुद्धा थुप्रिएका छन् । ति मुद्धाहरूको अवधि १० वर्ष कटि सकेको छ २४ हजार १ सय ८० पुराना मुद्धा थन्काउँदा श्रीमानहरूलाई हिनताबोध भएन । किनकी उनीहरू राजनीतिक भिडमा चुनिएका हुन् । आफ्नो पछाडी राजनीति भएपछि जिम्मेवारी र कर्तव्य पुरा गर्न कसैले पर्दैन किनकी यो नेपालको परम्परा बनीसकेको छ ।
यस पटक कम्युनिष्ट पार्टीका प्रधानमन्त्रीले १५० मुद्धा व्यहोरेका छन् भने मन्त्री परिषदको कार्यालयको ७०० मुद्धा विचाराधिन अवस्थामा छन् । दुई तिहाई बहुमतको घमण्ड देखाएर संविधान र कानुनको तोजोबज गर्दै जताजतै चाजोपाजो मिलाएर प्रधानमन्त्रीलाई यो मुद्धाले चुनावमा जान बाटो छेक्छकी छेक्दैन त्यो भने पर्खनै पर्छ । सामान्यतया कुनै पनि विषयमा परेका मुद्धाहरूको फैसला निर्धारीत समयमा नहुदाँ प्रभाव राजनीतिक दलहरूलाई पर्ने गर्दछ । तर नेपाल हो अदालत प्रशासन सवैधानिक अंगहरू जो शक्तिसाली र उसैको धुपौरे बन्दा मुद्धाहरको चाङ्ग सर्वोच्चमा बढेको छ । प्रधानमनत्री केपी ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालत सबैको नजरमा परेको छ । तर त्यहाँ अदालत सुधार्ने भन्दा विगार्ने जमात बढी भएकोले प्रशासनिक क्षमता समेत कमजोर बन्दैछ । राजनीतिक भनसुन र विचौलीयाको स्वार्थमा फैसला भएका कयौ मुद्धाहरू आलोचित छन् । जसका निमिक्त संस्था खडा हुन्छ त्यो संस्थामा सुधार भएन भने विश्वसनियता गुम्छ । कतै सम्मानित सर्वोच्च अदालतले आफ्नो विरासत गुमाउदै कार्यापालिको हैकमलाई अनुशरण गरेको अवस्था त छैन संका उठेको छ । आवश्यक जनशक्ति पुगेन भने त्यसको व्वस्थापन गर्ने दायित्व सम्बन्धित नेतृत्वको हो । तर नेतृत्व अहंकारवादको सिकार भयो भने हुने यस्तै हो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल