Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जबरजस्ती करणी उद्योग (प्रयास) मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सभामुख कृष्णबहादुर महरा एक तह पुनरावेदन सुन्ने (उच्च अदालत)मा जाने भएका छन् । फौजदारी कार्यविधी संहिताको दफा (७३) अनुसार महराले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिने भएका हुन् ।
महराको पक्षबाट कानून व्यवसायी रहेका पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पुनरावेदन सुन्ने अदालतमा निवेदन दिइने बताए । मुलुकी फौजदारी कार्यविधी संहिताको दफा (७३) मा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ ।
प्रारम्भिक अदालतले जारी गरेको थुनछेक आदेश बेरित (रितपूर्वक) नभएको देखिएमा पुनरावेदन सुन्ने एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा चित्त नबुझेको पक्षले पुनरावेदन गर्न सकिने कानूनी व्यवस्था रहेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता चन्द्रकान्त खनालले बताए । महराका कानून व्यवसायी श्रेष्ठले काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेश अध्ययन गरेर बेरितको लागे पुनरावेदनका लागि निवेदन दिइने जानकारी दिए ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल