Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्थर देखाई करोडौंको कारोबार गर्न खोज्ने ५ जना पक्राउ

काठमाडौं । बिभिन्न पत्थरहरु गैरकानूनी रुपमा ओसारपसार गरी करोडौं मूल्य पर्ने भन्दै झुक्याई कारोवार गर्न खोज्ने ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रे पनौती नगपालिका-४ बस्ने बेथानचोक गाउँपालिका-४ घर भएका ६२ वर्षीय नबराज खड्का, झापा गौरादह नगरपालिका-१ घर भएका ३८ वर्षीय हरि खापुङ, झापा शिबसताक्षीधाम नगरपालिका-४ घर भएका ३७ वर्षीय यम कुमार गिरी, मोरङ बुढिगंगा गाउँपालिका-५ घर भएका २५ वर्षीय लोक बहादुर सार्की र रौतहट चन्द्रपुर नगरपालिका-१ घर भएका ३३ वर्षीय भिम बहादुर लामा रहेका छन् ।
काभ्रे पनौती बस्ने नवराज खड्का लगायतका व्यक्तिहरुले उक्त पत्थरहरु झुक्काइ कारोवार गर्न लागेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखामा टेकुबाट खटिएको प्रहरीले खड्काको कोठाबाट उनीहरुलाई पक्राउ गरेको हो । उक्त कोठाबाट बिभिन्न रङका मोजनाईट, काईनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एलबि डायमण्ड जस्तो देखिने पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५ हजार ६१ दशमलब ९९ क्यारेट र पहेंलो धातुमा जडित औंठी ८ दशमलब ९३ ग्राम समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरुलाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।


सम्बन्धित समाचार