Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्रकार नेपाल आइसीयुमा

काठमाडौं । वरिष्ठ पत्रकार चक्रपाणि नेपाल असार ११ गते बिहीबारदेखि महाराजगञ्ज नारायणगोपाल चोकस्थित मेट्रो अस्पतालमा भर्ना हुनुभएको छ । ग्याष्ट्रिक र नसा सम्बन्धी समस्याबाट पीडित नेपाललाई आइसीयुमा राखिएको छ । रोग केही नियन्त्रण भए पनि उमेरका कारणले गर्दा नेपालको अवस्था कमजोर बन्दै गइरहेको छ । श्रमजीवी पत्रकारको रुपमा ४७ वर्षदेखि निरन्तर कर्मक्षेत्रमा जुटिरहेका नेपाल पछिल्लो समय नेपाली पत्र साप्ताहिकसँग जोडिएका थिए । राजनीतिक दृष्टिकोण र देशको राष्ट्रिय समस्याका सवालमा स्पष्ट विचार दिनसक्ने पुराना पत्रकार नेपाललाई स्वास्थ्य उपचारका निम्ति आर्थिक समस्या परेको छ । नेपाल पत्रकार महासंघ, विभिन्न राजनीतिक दलसँग आवद्ध पत्रकारितासँग जोडिएका संगठनहरुले नेपाल जस्ता पुराना पत्रकारको स्वास्थ्य उपचारका निम्ति गम्भीर हुन आवश्यकता छ । देशमा श्रमजीवी वर्गको सरकार चलाएको दाबी गर्ने नेकपाको नेतृत्व र वर्तमान सरकारले पुराना नेपालजस्ता श्रमजीवीहरुको उपचारमा तत्काल ध्यान दिनु जरुरी छ ।