Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह देशमा व्यापक सुधार नगरी कुनै देशको भ्रमण गरेर समय खेर नफाल्ने बताउँदा धेरेले उचित ठाने । तर उनलाई नेपालले अपनाएको कुटनीतिक सम्बन्ध र परम्परागत रूपमा रहँदै आएको समझदारी थाहा भएन । संसदको रोष्टमबाट बेतुकका प्रवचन र गलत सन्देश दिने स्थान होइन । प्रधानमन्त्रीले रोष्टमबाट बोलेका कुरा देशको आधिकारीक दृष्टिकोण ठानिन्छ । यस पटक बालेन्द्र शाहको भनाई आफैं जान्ने र विज्ञ भए जस्तो गरी आयो । जहाँ ओली प्रवृत्तिको गन्ध छ । सदनमा विपक्षीले उठाएको जिज्ञासा परम्परागत रूपमा कति ठाउँमा नेपाल र भारत सरकारको संयुक्त टिमले सहमतिका आधारमा गर्नु पर्ने काम थियो । सुस्ता, महेशपुर, मानेभञ्जाङ, लिपुलेक जस्ता ठाउँको भूमि समस्या दुई देशका प्राविधिक बीचको सहमतिले टुंगो लगाउने विषय थिए । दशगजा क्षेत्रमा बसोबास गरेका खेती गरेका नागरिक दुवै देशका हुन सक्छन् । सरकारले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरी खटाएको कुरा प्रत्येक सांसदहरूलाई जानकारी छ ।
कतिपय स्थानमा दुई तर्फका सुरक्षाकर्मीको रोहवरमा बासिन्दाले बास स्थान सारेका पनि छन् । प्रधानमन्त्रीले गल्ती बोलेकाले सांसदहरूले उपद्रो मच्चाए । तर त्यसले बजेट बहस रोक्न हुँदैनथ्यो । संसदको काम बजेट सम्बन्धी बहसमा केन्द्रीत हुनुपथ्र्यो तर प्रधानमन्त्रीको बोलीबाट बजेट निष्प्रभावी बन्न पुग्यो । यही बेला सत्तारुढ दलको प्रमुखको नाताले रवि लामिछाने भारतीय जनता पार्टीको निम्तोमा ५ दिने भारत भ्रमण गरेर फर्केका छन् । भारत नेपालको विकास साझेदार राष्ट्र भएकाले शिक्षा, स्वास्थ्य विद्युत, सडक, खानेपानी, कृषि जस्ता विषयमा साथ दिँदै आएको मुलुक हो । बालेन्द्र शाहले परम्परा तोड्दा रवि लामिछानेले आफूले पाएको मौकाको सदुपयोग गरेका हुन् । उनको भ्रमणलाई पूर्णता दिलाउन परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमण सकेर फर्केका छन् ।
कुनटीतिक तहमा प्रधानमन्त्रीले सम्बन्धित देशका दूतावास र कन्सुलरमार्फत् आफ्नो धारणा सिंहदरबारमा स्पष्ट पारेको कारणले पनि बालेन्द्रले भारतलाई महत्व दिएनन् भन्ने ठाउँ रहेन । विगतमा सत्तामा धेरै दिन टिक्न, मन्त्री बन्न, सांसद बन्न, भारतीय शासक वर्गको सेवा गर्न हतार गर्ने काँग्रेस र कम्युनिष्टलाई भने जहाँ त्यहाँ परम्परा तोड्दा मन परेको छैन । पुरानाले सबै कुटनीतिक नियागलाई राखेर छफल गरेनन् । केपी ओलीले पछिल्लो पटक प्रम बन्दा भारत भ्रमणको प्रयास निकै गरे । भारतले विश्वास गर्ने डा. आरजु राणा परराष्ट्रमन्त्रीको तहबाट पटक पटक भारत गइन् । तर प्रधानमन्त्री नरेन्द्र मोदीले मतलब गरेनन् । ओलीको लोकतन्त्र र गणतन्त्रप्रतिको घातक चरित्र र राष्ट्रवादी बन्ने होडमा प्रदर्शन हुने व्यवहारले भारत चिढियो । यस पटक बालेन्द्रले नेपालले पनि भारतीय भूमि मिच्यो भन्दा भारतले चासो दिएन बरु बालेन्द्रको भनाई सार्थक बनाउन सिमाका गाउँघरका तस्बीर सामाजिक सञ्जालमा पस्केर मधेशका भूमिपत्र बालेन्द्र शाहको कुटनीतिक अपरिपक्वतालाई मलजल गरियो । त्यो प्रयास व्यर्थ थियो । रवि गए औपचारिक भ्रमण पार्टी पार्टीबीचको सम्बन्ध सुधारेर फर्केका छन् । भारतका लागि नेपालको तराई पहाड शहरी क्षेत्रमा रास्वपाको घण्टीले जनतामा पारेको प्रभावको गम्भीर हेक्का राख्नै पथ्र्थो । त्यहाँ पनि ककरोच जनता पार्टीले भाजपालाई नै सतर्क गराएको छ । नयाँ दिल्लीमा अन्ना हजारेले स्थापित गरेको राजनीति साउनको भेल सरह भयो । आम आदमी पार्टीले गरिबका लागि देखाएको सद्भावलाई दिल्लीको केन्द्रीय सरकारले अस्वीकार गर्न सकेन् । नेपालमा पनि काँग्रेस, एमालेको भ्रष्ट नेतृत्वले जनताका नाउमा राज्य दोहन गर्न परिवर्तनबाट आएको माओवादीलाई नदिँदा माओवादीकै मुद्दा र उसका एजेन्डामा भ्रष्टहरू नाइके भएर माओवादीलाई पेलेका थिए । एमाले र काँग्रेसको पछिल्ला गठबन्धन त्यही थियो । त्यो स्थिति पुनः दोहोरिन नदिन जनता बाठो भयो । अनुभवले खारिएर अदालत कुटनीतिक क्षेत्र, संवैधानिक अंग, अख्तियार, निजामती कर्मचारी, फौजी समूह जताततै दलीय करण गरेर नीतिगत लुट चम्काउन सफल भ्रष्टहरूलाई खेदेर रास्वपालाई सत्ताको हकदार जनताले बनाए । त्यो रिश भ्रष्टाचारीका संरक्षक केपी ओलीले पोख्दैछन् । तर सरकार आफ्नै रफ्तारमा केन्द्रीत भएको छ । कम विकसित राष्ट्रले विश्वका प्रतिस्पर्धी राष्ट्रहरूलाई छिमेकीको नाताले केही याचना गर्न सक्छन् तर सार्वभौमिकता, राष्ट्रिय अखण्डताको मुल मन्त्र फेरबदल हुँदैन । हिजो महाकालीमा केपी ओली, माधव नेपाल, शेरबहादुर देउवा, पशुपति समशेर राणा, डा. प्रकाशचन्द्र लोहनी लम्पसार पर्दा लिपुलेक र लिम्पियाधुरा, कुटीयाङ्दीको प्रसंग उठाएको भए भारत झुक्थ्यो । आज त्यो विवाद रहँदैनथ्यो । पैसा ओलीले कति खाए, माधवले स्याटेलाइटबाट विजुली बेच्ने, पशुपतिले पश्चिमबाट सूर्य उदाउने बखान गर्दा यिनको राष्ट्रवाद नांगियो । जुन कुरा रास्वपाका नेताका लागि नयाँ हुन सक्छ । महाकालीबाट १ खर्ब २० अर्ब नेपालले हरेक वर्ष पाउँछ पाउँदैन केपी ओलीले जान्लान् तर सरकारलाई देशद्रोहीको आरोप लगाउन चुकेका छैनन् । जबकि महाकाली सन्धिको हकमा राष्ट्रघात गर्ने केपी ओली र देवराज घिमिरे दुवैलाई झापावासीले नांगेझार पारेका छन् ।
२०८३ जेष्ठ २७
ताजा नेपाल
२०८३ जेष्ठ २७
ताजा नेपाल