Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परिवारवाद बहिष्कारको लहर

यस पटकको चुनावमा राजनीतिक बिरासत बोकाइएका नेताहरू थन्किए । बाबुको उत्तराधिकारी बन्न खोज्दा थन्किएका छन् । एमालेमा पति पत्नीमा रघुवीर र जुलीलाई नातावादले छोएन । तर, काठमाडौं ७ मा मानुषी भट्टराईलाई बाबु आमासँग जोडेर हेरियो । श्रीदोष आलमलाई उठाएर मोहम्मद अफतापले रौतहटमा आतंक स्थापित गर्न खोजेकै हुन् । पाल्पाका सोमप्रसाद पाण्डे सम्धि माधव नेपाल अध्यक्ष रहेको नेकपा एसको उम्मेदवार बन्दा उनकै चेला ठाकुर गैरेबाट पराजित भए । प्रचण्डकी बुहारी बिना मगरको आफ्नै राजनीतिक धरातल थियो तर यस पटक उनलाई सांसद बन्ने साइत नै जुरेन । ओनसरी घर्तीलाई काठमाडौं २ ले पत्याएन । त्यहाँ काँग्रेसले भोट दिएन ।
प्रम देउवा पत्नी डा. आरजु राणा, समानुपातिकमै बस्नुपर्ने बालकृष्ण खाँणकी कान्छी मञ्जु खाँणलाई पनि सांसद बन्नै पर्ने भयो । डाक्टर भनेर हुँदैन आरजु जस्ता कहाँ के बोल्ने भन्ने चिन्ता नहुने राणा शासक प्रवृत्तिलाई काँग्रेसले किन सांसद बनाउने हो ? त्यहाँ प्रतिमा गौतम, शोभा खड्की जस्ताले स्थान पाउँदैनन् । एमालेमा ईश्वर पोखरेल, शंकर पोखरेल, कृष्ण गोपाल श्रेष्ठका परिवार नै संसदको सुविधा पाउने भाग्यमानी थिए । परिवारवादले गाँजेको राजनीतिलाई प्रदूषण थप्ने काम धेरै भयो । देशको अवस्था सुधार्न बाँकी छन् भन्नेहरूले देशमा लूट मच्चाएकै छन् । अहिले पनि सत्तामा फेरि निरन्तरता हुँदैछ । जनताले वंशीय राजनीति पचाएनन् । गिरिजा पुत्री भएबापत सुजाता सधैं स्वीकृत हुनुपर्छ भन्ने थिएन । डा. शेखर र डा. शशांकले मुलुकको निम्ति दिएको योगदान उनीहरूकै पेशाप्रतिको निष्ठा हो । जसको जहाँ अनुभव छ त्यो व्यक्तिले त्यही क्षेत्र सुधारेको भए ठिक हुने हो । यिनलाई जनताले अहिलेसम्म त बोके ५ वर्षपछि सुजातालाई जस्तै अस्वीकार गर्ने समय आउनेछ । देशको वास्तविकता प्रति न त कम्युनिष्टलाई चिन्ता देखियो, नत काँग्रेसलाई । भ्रष्टाचारमा कम्युनिष्ट शासनले जसरी लोकप्रियता पायो काँग्रेसमा चर्चा पाउनु सामान्य हो । किनकि जनताले ०४६ सालसम्म चप्पल कान्छाहरूका राजधानीमा आलिसान महल, करोडांैका गाडी भ्रष्टाचार नगरी जोडेका छैनन् । दश वर्ष कठोर संघर्ष गरेको कम्युनिष्टले धार्मिक स्वतन्त्रतामाथि पैसा खाँदै क्रिश्चियन बढायो । मठ मन्दिर र कला संस्कृति भत्काउन उद्दत भयो नयाँ संरचना कतै बनाएन । माओवादीलाई शहरले पचाएन, भ्रष्ट भएकाले माओवादी नेताहरूको इज्जत अहिले छैन । माओवादीले समेत चुनावमा नयाँपन दिएन । परिवारवादमा रमाएका, परिवार, नाता कुटुम्बको हितमा राज्य स्रोतको दोहन त काँग्रेस र नेकपा एमालेले गरेका थिए । त्यही संस्कृति त्यही चरित्रका माओवादीबाट जनताले आश गर्ने ठाउँ भएन । माओवादीबाट जनताले आशा गर्ने ठाउँ भएन । माओवादी नेताहरू जो चुनावमा उठेर जिते ती प्रति जनताले आश गर्न छाडेका छन् । विचार र सिद्धान्त त्यागेर जातीय राजनीति गर्दा माओवादीले वर्गीयता त्यागेको कारण जनताले त्यो पार्टीलाई मत नदिएको हो ।
मौका पाउँदा आफ्नै गुट र परिवारको सेवा गर्ने काँग्रेस र एमाले छँदै थिए । माओवादी थपियो । कार्यकर्ताको अवस्थाका बारेमा चासे नदिने हरेक कार्यक्रममा कार्यकर्तालाई धुत्न माअ‍ोवादीका नेताहरू सफल छन् । यस पटकको चुनावमा पनि माओवादीले पाएको समानुपातिक मत पार्टीका लेभीधारीको मात्र हो जनताले एमाले र काँग्रेसनै रोजेका छन् । नेता ठिक थिए भने जसको एजेन्डा उसकोे सरकार र जसको नीति उसका कार्यक्रम हुनुपथ्र्ये हुन नसक्नुका कारण भनेकै राजनीतिक विचलन हो । नेतृत्वको यही शैली, यस्तै व्यवहार हो भने माओवादी भनेर बस्नु पर्दैन । रवि लामिछानेहरूले त्यसै घण्टी बजाएका होइनन्, यस्तै पारा दलहरूले देखाए भने अर्को पटक दमाहा नै बनाउन बेर लाग्दैन ।