Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परीक्षण नै नगरी पिसिआर रिपोर्ट

काठमाडौं । विश्व समुदाय कोरोनासँग मुकाविला गरिरहेका बेला केही व्यक्ति यसैलाई कमाईको माध्यम बनाउन व्यस्त छन् । बैदेशिक रोजगारीमा जाने कामदारको स्वाब परीक्षण नगरी कोराना संक्रमण नभएको रिपोर्ट दिने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्जालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहित ८ जनालाई प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा झापा गौरादह नगरपालिका ७ घर भई हाल काठमाडौं महानगरपालिका ३२ पेप्सीगोला बस्ने रायमाझी, सप्तरी राजबिराज नगरपालिका १३ घर भई हाल ललितपुर इमाडोल बस्ने यादव, महोत्तरी गौशाला नगरपालिका १ का प्रदि कुमार गिरी र महोत्तरी सोनाम गाउँपालिका ६ घर भई हाल सिनामंगल बस्ने अमनकुमार यादव रहेका छन्।
यस्तै, मोरङ बिराटनगर महाननगरपालिकाडा ३ घर भई हाल काठमाडौं अनामनगर बस्ने वजेश पोख्रेल, महोतरी गौशाला नगरपालिका १ घर भई हाल काठमाडौं बानेश्वर बस्ने बादल मिरिङ छिङ, दोलखा बैतेश्वरी नगरपालिका ५ घर भई हाल काठमाडौं चाबहिल बस्ने सरोज क्षेत्री र सप्तरी मध्यपुरा गाउँपालिका १ घर भई हाल ललितपुर धापाखेल बस्ने डा खेलानन्दप्रसाद सिंह रहेका छन्। नेपाल सरकारले तोकेभन्दा अत्याधिक रकम लिएर स्वाबको नमुनासमेत नलिई दुई घन्टा भित्रमा नै नक्कली रिपोर्ट दिने गरेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले यी दुई ल्याबमा छापा मारेको थियो।
सुरिया हेल्थकेयरबाट जारी भएका स्वाब संकलन तथा परीक्षण नै नगरी रिपोर्ट नेगेटिभ भनेर उल्लेख भएका ४ थान नक्कली परीक्षण रिपोर्ट र कम्प्यूटर लगायतका उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ। मेरिट मल्टी केयर मेडिकल सेन्टरका ऐजेन्टहरुले सेवाग्राहीसँग पीसीआर परीक्षण शुल्क प्रतिब्यक्ति ९ हजार लिएर सुरिया हेल्थकेयर सँगको मिलेमतोमा बिना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाई दिने गरेको प्रहरीको भनाइ छ।
प्रहरीले आज नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबारमा सुरिया हेल्थकेयरको सेवा हाललाई बन्द गरेको छ।