Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाँचमा पाँच थपेर लगानी उठाउँदै महानिर्देशक

काठमाडौं । पाँच करोड बुझाएर सडक विभागको महानिर्देशक बनेका अर्जुन जंग थापा आफूले बुझाएको रकम असुल नहुँदै मन्त्री रेणु यादवको आक्रमणमा परेर मन्त्रालयमा थन्किनुप¥यो । सडक विभागमा शिवहरि सापकोटाले केही समय शासन गरे उनललाई लेनदेनको चासो भएन । शिव नेपाल महानिर्देशक बन्न हौसिएका थिए । तर दिइएन । कुरो थियो उनै अर्जुनको । जसले रेणुलाई बुझाएको ५ करोड अशूल्न भ्याएका थिएनन् । पछिल्लो पटक जसपाका अध्यक्ष उपेन्द्र यादवले भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई घोक्य्राउनुप¥यो त्यो बेला थापाले पुनः ५ करोड बुझाएर यादवलाई खुशी पारेको कारण अहिले धमाधम आयोजना प्रमुखहरूमार्फत् रकम अशुल्ने काम चम्काएका छन् । डुम्रे–वेशीशहर सडक आयोजनाका डिई अच्युत विलास पन्त रु ३५ लाख अर्जुन थापालाई बुझाएर टिकेका छन् । यतिखेर सडक विभागभित्र पिसी ठेक्काको लेनदेन चम्केको छ । त्यहाँ सचिव गोपाल सिग्देल देखा पर्दैनन् । मन्त्री मोहम्मद इस्तियाक राईले भन्दा सडक विभाग अन्तर्गतका आयोजनाहरूको पैसा अनुसार उठाउने काम जसपाका अध्यक्ष उपेन्द्र यादवले चम्काएको कुरा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको सक्रियताले छर्लङ्ग बनाउँछ । उनको सचिवालयमा मन्त्री राईको भन्दा अध्यक्ष यादवकै भरियाहरू आतेजाते गर्ने गरेको देखिन्छ ।