Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाकिस्तानमा ३४ जनाको मृत्यु, संक्रमित २ हजार बढी

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
पाकिस्तानमा एकैदिन ३०३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ हजार ४२१ पुगेको छ । पाकिस्तानमा संक्रमितमध्ये १२५ जना उपचारपछि निको भएका छन् । २ हजार २६२ जना उपचाररत छन् । उनीहरुमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ७ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ९ सय ८२ पुगेको छ । संक्रमितको संख्या विश्वमा १० लाख १४ हजार २ सय ९६ पुगेको छ । एकै दिन ७९ हजार १ सय जनामा संक्रमण देखिएको जनाइएको छ ।
संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् । चीन वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ ।


सम्बन्धित समाचार