Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद नेकपा एमालेको पक्षमा परेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका जंगबहादुर शाहीलाई पार्टीमा भित्र्याउँदा एमालेले नेपाली कांग्रेसलाई धक्का पुर्याएको हो ।
गाउँपालिका अध्यक्षमा एमालेका उमेदवार शाही तीन हजार १२७ मत ल्याएर निर्वाचित भएका हुन् । उनी गएको कार्तिक २७ गते एमालेमा फर्किएका थिए ।
सोमबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत पाए । नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२ मत ल्याएका छन् ।
०७९ को निर्वाचन जितेका कांग्रेसका लछुमन गुरुङको निधनपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गर्दै गुरुङ पालिका अध्यक्ष बनेका थिए । गुरुङ ४६० मतान्तरले निर्वाचित भएका थिए । उनले दुई हजार ९७९ र उपाध्यायले दुई हजार ५१९ मत पाएका थिए ।
एकीकृत समाजवादीबाट उमेदवार बनेका शाहीले दुई हजार २६८, नेमकिपाका बमबहादुर सिंहले ५८, स्वतन्त्र उमेदवार विष्णुकुमार बुढाले २२ मत ल्याएका थिए । राप्रपाका राजबहादुर सिंहले १५ र अर्का स्वतन्त्र दिनेशबहादुर सिंहले एक मत ल्याएका थिए । ०७९ मा एकीकृत समाजवादीबाट उमेदवार बन्दा पराजित भएका शाही ०७४ सालमा एमालेबाटै पालिका अध्यक्ष जितेका थिए ।
२०८१ मंसिर १७
ताजा नेपाल
२०८१ मंसिर १७
ताजा नेपाल
२०८१ मंसिर १७
ताजा नेपाल