Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई भेट गरेका हुन् । भेटपछि सभापतिसँग भएको छलफलको विषयमा पार्टीभित्र छलफल गरेर पर्सि पत्रकार सम्मेलन गरेर जानकारी गराउने प्रवक्ता झाले बताए । उनले भने, अहिलेसम्म राज्यसत्ताले गरेको प्रतिशोध र आगामी कदमबारे जानकारी गराउँछौं । पर्सि अपरान्ह केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन हुन्छ । उपसभापति वाग्लले पनि प्रतिशोध साध्न नै सभापतिलाई अनावश्यक हिरासतमा राखेको बताए । उनले भने, हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं । हाम्रो विधिको शासनमा आस्था पनि छ । अति नै भयो । रविजी र रास्वपाप्रति सहानुभूति बढेको छ । अहिले सरकारले राजनीतिक प्रतिशोध राखेको हो । हाम्रो आन्दोलन जारी नै छ । यो अभियानलाई अझै व्यापक बनाउँछौं । कुनै ठोस योजना बनाएर अन्य साथीहरुलाई पनि जोड्छौं । अर्का उपसभापति अर्यालले दोस्रो चरणको आन्दोलनलाई व्यवस्थित मोडालिटी बनाएर जाने बताए । हिरासतमा भए पनि सभापति लामिछाने नै हुने उनले दोहोर्याए । भेटमा सभापतिको भनाइ उद्धृत गर्दै उनले भने, अहिले अनुसन्धान प्रक्रिया चलिरहेको छ । हामीले बाहिर बसेर गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो । यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, बुझाउनुस् । त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन ।
२०८१ कार्तिक २९
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल