Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाल्पामा पहिरोमा पाँच जना बेपत्ता

पाल्पा । लगातारको वर्षापछि पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिका–२ का होमबहादुर गाहाको घर गए रातिको पहिरोले पुरिंदा पाँच जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
पहिरोले घर पुरिँदा मानिस बेपत्ता भएको खबर आएपछि आफूहरु त्यसतर्फ जाँदै गरेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले भने, होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । बाँकी क्षतिबारे घटनास्थलमा पुगेपछि मात्रै थाहा हुन्छ । घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिएका छन्। सांकेतिक तस्बिर


सम्बन्धित समाचार