Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पिआईडीमा कार्यकारीको खोजी

काठमाडाैं । भोजविक्रम थापाको अबकास पछि पिआडीमा कार्यकारी निर्देशक पद खाली छ । सो आयोजना केयुकेएलको प्रोजेक्ट हो । एडिबिको लगानीमा मेलम्ची परियोजना अन्र्तगतको दोस्रो र तेस्रो प्रोजेक्ट सम्पन्न गर्ने गरी दोस्रो चरणमा रु १७ अर्वको ठेक्का लागेपछि आयोजना कार्यन्ययन निर्देशनालयमा कार्यकारीको पद खाली भयो । मेलम्ची संग जोडीएका याग्री र लार्के खोलाबाट पानी ल्याउन र राजधानी भित्रका बाकी रहेका काम सम्पन्न गर्नका लागी एडिबिले रु ५१ अर्वको लगानी गरीरहेको छ । त्यहाँ कार्यकारी निर्देशक बन्न सुर्यराज कडेल र कमल श्रेष्ठले चाहना राखेका छन् ।

यि दुवै गोरखा बासी हुन् दुवैले माअ‍ोवादी प्रति लचकता देखाउने हुनाले यि दुई मध्ये एक जनालाई पिआइडीको प्रमुख पद प्रात्त हुने संम्भावना छ । कडेल पहिले पनि मेलम्ची परियोजना र पिआइडीमा प्रोजेक्टको काम गरेका हुनाले मन्त्री विना मगरले राम्रो चिनेको काम लिएको कर्मचारी हुन् । लामो समय सम्म आयोजनाको अनुभव लिएका हरुलाई जिम्मेवारी लिएको खण्डमा मेलम्ची बाट जस लिन सकिने अवस्था छ । इटालियन ठेकेदारले काम छोडेपछि सोही ठेकेदारलाई फर्काउन मन्त्रीको जोड भएपनि कर्मचारी तर्फबाट भागेको ठेकेदार फिर्ता नहुने भएकोले नयाँ निणर्य लिन अध्यक्ष प्रचण्डले बुहारी मन्त्रीलाई दिएको सुझाब अनुसार मेलम्चीको बाकी काम नयाँ ठेकेदार सित भइ रहेको छ ।
काठमाण्डौमा झरेको पानी वितरण गर्ने र पाइप विस्तार गर्ने योजना अन्र्तगत दोस्रो चरणको काम सुरु भएको अवस्थामा पिआइडीले कस्तो प्रसासक पाउछ । त्यस अनुसार काम बढ्ने छ ।

हिजो सचिब गजेन्द्र ठाकुर र घनश्याम भट्टराई जस्ता बदमास हरुबाट पिल्सीएका मेलम्ची बासीले काम गरेको पैसा समेत पाएका छैनन् ।यो विषय मन्त्री विनाले हेक्का राख्नु पर्दछ । अहिले पैसाको थौलो खोज्नु भन्दा अनुभवी र दक्ष प्राविधिक लाई पिआईडीमा मौका दिने हो भने दोस्रो चरणको प्रोजेक्ट सम्मन्न हुन समयमा सक्ने छ । मन्त्री प्रतिको जनमोह र राजधानीमा पानीको समस्या हटाउने दायित्व यती खेर अध्यक्ष प्रचण्डको काधमा पनि आएको छ । केयुकेएल र व्यस्थापन बोर्डमा दक्ष इन्जिनियरहरु प्रसस्त छन् । मेलम्चीको नाउम ठुलो भ्रष्टचार पनि भएको छ । नेताले चढेका महंगा गाडी त्यही प्रोजेक्टको रकम बढाउन अस्त्र हुन् । जनताको थाप्लोमा ऋण बढ्ने प्रोजेक्ट समयमा सम्पन्न नहुने प्रवृति रोक्ने हो भने मन्त्री विनाले गम्भीर ढंगले सोच्नु पर्दछ । बालुवाटारले खुमलटार माथि चलाएको षडयन्त्र चिर्ने हो भने पिआइडी र यसका अधिनमा रहेका कार्यक्रमहरुलाई जनताको साथ लिएर समयमा सम्पन्न गर्ने गरी ध्यान दिनु नै अहिलेको आवश्यकता हो ।


सम्बन्धित समाचार