Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विराटनगर । कोरोना महामारीे भयाभवह अवस्थामा पुगेको छ । स्वास्थ्य मन्त्रालयले हरेक दिन रिर्पोट सार्वजनिक गर्दा अघिल्लो दिनको तलनामा पछिल्लो दिन उपचारबाट फर्कनेको संख्या जति देखिन्छ मृत्युको संख्या पनि त्यस्तै हुने हो कि भन्ने संकाले शरिर नै जिरिङ्ग हुने गर्दछ ।
ताजानेपालले प्रदेश स्तरिय सुचना सङ्कलन गरेका छ । प्राप्त जानकारी अनुसार मोरङ र सुनसरीका अस्पतालमा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म १२ जनाको मृत्यु भएको हो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन, र विराटनगर अस्पताल र विराट मेडिकल कलेजमा १–१ जनाको मृत्यु भएको हो । विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–६ की ७० वर्षीया वृद्धा महिलाको मङ्गलबार बिहानका राति १२ ३० बजे मृत्यु भएको हो ।
उनलाई वैशाख १९ गते भर्ना गरिएको थियो । विराटनगर अस्पतालमा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुषको आज बिहान ९ बजे मृत्यु भएको हो । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । नोबेलमा मेडिकल कलेजमा विराटनगर–१६ का ५२ वर्षीय पुरुषको छ । उनको बिहान ४ बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण यकिन भएपछि वैशाख २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रवन्धक नारायण दाहालले बताएका छन् । नोबेलमै धनुषाको जनकपुर–४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । २२ गते भर्ना भएका पुरुषको बिहान ४ ३० बजे मृत्यु भएको हो । उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ ।
वैशाख २६ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी उनको बिहान ६ ३० बजे मृत्यु भएको हो । त्रियुगा–५ का ५० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार बिहान १ ३० बजे मृत्यु भएको हो । झापाको दमक नगरपालिका–८ की ५६ वर्षीया महिलाको मंगलबार बिहान पनि कोसीमै मृत्यु भएको छ । उनी वैशाख १६ गते अस्पताल भर्ना भएकी थिइन् । विराटनगर–१० का ६८ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको छ । उनी वैशाख १३ गते अस्पताल भर्ना भएका थिए ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणका कारण १७ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायल डोटीका अनुसार कैलालीका आठ, कञ्चनपुरका पाँच, बाजुराका तीन, डोटी र बैतडीका एक एक जनाले ज्यान गयो । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार गएको एक सातामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ । वैशाख २० गतेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय २७ रहेको थियो । सोमबार उक्त संख्या दुई सय २५ पुगेको छ । एण्टिजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएका ९६ र पीसीआर विधिबाट संक्रमित पुष्टि भएका एक सय २९ जनाले ज्यान गुमाए । कैलालीमा सवैभन्दा बढी एक सय दुई जना संक्रमितले ज्यान गुमाएका छन् ।
कञ्चनपुरमा ७०, बझाङमा ११, बैतडी र अछाममा १०र१०, दार्चुला र बाजुरामा ६, डडेल्धुरामा पाँच र डोटीमा चार जनाले हालसम्म कोरोनाको कारण ज्यान गुमाउनु परेको छ । अन्य जिल्लाका एक जना संक्रमितको पनि ज्यान गएको छ । आइतबार कैलालीका नौ, कञ्चनपुरका सात, बाजुरा र दार्चुलाका एक/एक गरी १८ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा मृत्यु हुने संख्या यो हालसम्मकै सबैभन्दा बढी हो । यस्तै, वैशाख २५ गते कैलालीका आठ, कञ्चनपुर र बैतडीका दुई दुई, दार्चुला र अछामका एकरएक जनाले कोरोना विरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाए । वैशाख २४ गते कैलालीका आठ, कञ्चनपुरका तीन र डोटी र बैतडी जिल्लाका एक एक जनाले ज्यान गुमाएका छन् । २३ गते कञ्चनपुरका आठ, कैलालीका ६, बझाङ, अछाम र दार्चुलाका एक एक गरी १७ जनाले ज्यान गुमाएका छन् । यस्तै, २२ गते कैलालीका चार, कञ्चनपुरका दुई, बाजुरा, अछाम, डोटी, डडेल्धुरा र बैतडीका एकरएक गरी ११ जनाको ज्यान गयो । वैशाख २१ गते कैलालीका चार, कञ्चनपुरका दुई र बझाङका एक जनाले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु पर्यो । बर्दिया घर भई कैलालीमा उपचार गराइरहेका एक जनाले पनि कोरोनाविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाउनु परेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।
सुदूरपश्चिममा सोमवारसम्म कोरोना संक्रमितको संख्या २४ हजार आठ सय ७२ रहेको छ । यस आधारमा कुल संक्रमित संख्याको ०.३९ प्रतिशतले ज्यान गुमाइरहेका छन् । पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा सात सय ५२ नयाँ संक्रमित थपिएका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या २४ हजार आठ सय ७२ पुगेको छ । वैशाख २० गतेसम्म कुल संक्रमितको संख्या १९ हजार ६ सय ९२ रहेको थियो । एक साताको अवधिमा पाँच हजार एक सय ८० नयाँ संक्रमित थपिएका छन् । हालसम्म १६ हजार एक सय पाँच जनाले कोरोना विरुद्धको लडाइँ जितेका छन् । पीसीआर एक लाख ५३ हजार ९० र ऐण्टिजेन ३२ हजार दुई सय ७८ गरी हालसम्म एक लाख ८५ हजार तीन सय ६८ जनामा परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल