Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । टाइब्रेकरमा इक्वेडरलाई हराउँदै साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। ह्युस्टनको एनजीआर स्टेडियममा शुक्रबार बिहान भएको पहिलो क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो। अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सीस म्यक एलिस्टर, गोन्जालो मोन्टीयल, निकोलस ओटामेन्डीले गोल गरे। पहिलो प्रहार गर्न आएका अर्जन्टिनी कप्तान लियोनल मेस्सी चुक्न पुगे। इक्वेडरका लागि जोन एबोह र जोड्री साइसेडोले गोल गरे। सुरुवाती दुई पेनाल्टी प्रहार गर्न आएका एन्जल मेना, एलेन मिन्डा विफल भए। निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। कोपा अमेरिकाको नकआउट चरणमा निर्धारित समयमा बराबरी भए समय नथपी खेलको निर्णय निधै पेनाल्टी सुटआउटबाट हुनेछ। खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा केभिन रोड्रिगोजको गोलमा इक्वेडरले रोमाञ्चक बराबरी गरेको गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याएका थिए। त्यसअघि पहिलो हाफको ३५ औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले सुरवाती अग्रता बनाएको थियो। तर दोस्रो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। अर्जेन्टिनाले अब सेमिफाइनलमा भेनेजुयला र क्यानडाबीचको दोस्रो क्वार्टरफाइनलको विजेताविरुद्ध खेल्नेछ। दोस्रो क्वार्टरफाइनल खेल शनिबार बिहान हुनेछ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल