Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पैसाका लागि लाशै बन्धक

काठमाण्डौ । स्वास्थ्य अभियान्त डा. गोविन्द केसी सातैै प्रदेशमा सरकारले मेडिकल शिक्षा दिलाउन कलेज र अस्पताल स्थापना गर्नुपर्छ भन्छन् । सरकारमा काँग्रेस पुग्दा शिक्षा र स्वास्थ्यलाई व्यापार ठान्छ । कम्युनिष्टहरू स्वास्थ्य शिक्षा अनिवार्य राज्यको सर्त हो भन्छन् । तर मेडिकल माफिया र शिक्षा माफियाको भिडबाट उम्कदैनन् । शिक्षा र स्वास्थ्यमा व्यापार गर्नेहरू मध्ये प्रसाइले प्रचण्ड र केपीलाई मार्सी चामलको भात खुवाएर झापाको विएण्डसी अस्पताललाई अनुबन्धन दिलाउन गरको प्रयासको तुजुक बुझिनसक्नु छ । उनी प्रचण्डलाई घर किनिदिएको बताउँछन् । तीनैले नेत्र विक्रम चन्दलाई आमाचकारी गाली गरेका पनि संञ्चार माध्यमहरूले प्रचारमा ल्याएकै थिए । स्वास्थ्य क्षेत्र माफियाको जालोमा छ । निजी कलेजले बिरामीको उपचार, शुल्क मनपरी लिन्छन् । तर सेवाको भावना होइन पैसालाई महत्व दिन्छन् । त्यहाँ मानवीयता हराएको छ । सरकारमा कम्युनिष्ट पार्टी होस् वा काँग्रेस मानवीयता हराएका विराटनर्सीङ्ग होम, गोल्डेन अस्पताल, हयाम्स अस्पताल, विराट अस्पताल, आर्य केयर अस्पताल, चन्द्रकला अस्पताल एण्ड रिसर्च, नोवल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, चितवन मेडिकल कलेज, ले पैसालाई महत्व दिए मानवीयता गुमाएका नमुना धेरै प्रचारमा आएका छन् । तर यो देशमा सरकार छ माफियाहरूका अगाडि त्यो सरकारका प्रधानमन्त्रीदेखि पार्टीका नेतासम्म लम्पसार पर्दछन् ।
बिरामीलाई बन्धक बनाउने मात्र होइन लास समेत बन्दक बनाउदा यो देशको सरकार र प्रमुख प्रतिपक्ष मात्र नालायक भएनन् नागरिक समाज, मानव अधिकारको ठेक्का लिने डलरकान्तहरू पनि नालायक बनेका छन् । झण्डै दुई तिहाईको कम्युनिष्ट सरकारले समेत मेडिकल कलेजले गुमाएका मानवीयता प्रति सचेत गराउन सकेन । किनकी सरकारमा पुगेपछि कम्युनिष्टहरू लुटाहा हुन्छन् भन्ने कुरा ओली शासनको ४१ महिना काफी छन् । अस्पतालमा छटपटाएकी सुत्केरीमाथि जनकपूरको आर्य अस्पतालले देखाएको दानवीय चरित्र प्रमपत्नी राधिका शाक्यलाई थाहा थियो । उनैले ती बिरामीको अस्पतालले मागेको शुल्क तिरिन् । यो कुरो तत्कालीन प्रधानमन्त्रीलाई थाहा थियो तर उनले खबरदारी गर्न सकेनन् । राजनीतिक नेतृत्व दलालको सहयोगी भएको कारण राज्यका अंगहरू काम गर्न नसकने भएका हुन् । नेता नैतिकहिन हुँदा माफियाहरू चम्कन्छन् । तीनको स्वार्थमा देश चल्दा गरिब अस्पतालमा बन्धक बन्छन् । अस्पतालमा द्ुई वर्षिय बालकको शव बन्धक हुन्छ । तर मानवीयता हराएको देशको अवस्थाका बारेमा राज्य संचालकहरू बेखबर र हुतिहारा भएको प्रमाण निजी मेडिकल कलेजका ९ काण्डले छर्लङ्ग बनाउछ । राजनीतिक माफिहरूलाई मेडिकल माफिया र शिक्षा माफियाले आफ्नो स्वार्थमा प्रयोग गर्छन् । उनीहरूबाट संचालित अस्पताल मान्छेको उपचारमा सम्वेदनशील नहुँदा बिरामीका आफन्तले अस्पताल घेराउ गर्ने तोडफोड गर्ने गरेका घटनाबाट सरकार अनविज्ञ छैन । सरकार संचालनहरू जनताबाट टाढा छन् । दलाल र माफियाको काम हुन्छ जनताको काम लोकतन्त्रमा पनि हुदैन । संसदीय कालमा पनि हुदैनथ्यो । यो पिडा कहिले सम्म रहने हो ? स्वास्थ्यमन्त्रालय, शिक्षा मन्त्रालयको नेतृत्व लिने नेताले मात्र होइन सिङ्गो सरकार र संसदको ध्यान जानु पर्दैन । जबकी संसद भित्रै विभिन्न समितिहरू छन् । गलत प्रकृया नियन्त्रण गर्ने अख्तियार छ । राष्ट्रिय सतर्कता केन्द्र छ । तीनको काम गलत सुुचना संकलन गर्ने र भत्ता खाने मात्र हो ? चिकित्सा क्षेत्र समाजसेवाको प्रमुख अंग हो । सरकारका अस्पतालमा एक्सरे विगार्ने, सिटी स्क्यान बिगार्ने जस्ता काम कर्मचारी गर्छन् । तीनै कर्मचारी राजनीति दलका हैतैषी हुन्छन् । जहाँ जसको जिम्मेवारी हो त्यहाँ भ्रष्टाचार विकृति र विचौलियाको जगजगी बढाउने दलहरू नै हुन् । कर्मचारीमा मात्र इमान्दारिता र नैतिकता खोजेर हुदैन । देश चलाउने राजनीतिज्ञ मेडिकल माफियाको दाना हसुर्छन् । त्यही कारण त्यो माफियाकरणमा प्रसाइहरू कसैको निशुल्क उपचार गर्छु भन्छन्् वक्तब्य निकाल्छ । तर आफ्नै अस्पतालमा बन्दक बनाइएको याम बहादुर श्रेष्ठ र श्रीमति समन श्रेष्ठ २०७७ फागुन १९ देखि अलपत्र छन् भन्ने थाहा पाउँदैनन् । उनीहरूलाई रिजाल ग्यास उद्योगको ट्रकले ठक्कर दिदा खुट्टा काटियो ढाडमा पाता राख्नुपर्याे पैसा तिर्ने ग्यास उद्योगले हो बन्दक बनायो विएण्डसीले श्रेष्ठ दम्पत्ति सरकारलाई पत्तो छैन । त्यही वि एण्ड सीका मालिक प्रसाइ भने डुक्रीरहेका छन् ।