Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘पोइ पर्यो काले’ को पोस्टर सार्वजनिक

तिहारको अवसर पारेर कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पोइ प¥यो काले’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ र सोहित मानन्धरलगायत कलाकार फिचर्ड छन् । चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा, सौगात मल्ल र सृष्टि श्रेष्ठको साथमा सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायत कलाकारको पनि अभिनय रहेको छ । यस चलचित्रको मूल कथा अभिनेता सौगातको वरिपरि घुमेको छ । मल्टीस्टार चलचित्रमा सौगातको जोडी पूजा हुन् वा सृष्टि भन्ने रहस्य निर्माण टिमले अहिलेसम्म खुलाएको छैन । कमेडी कथावस्तुमा आधारित भएर बनेको चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका छन् । यस चलचित्रमा तारा प्रकाश ‘किम्भे’ सम्पादनमा रहेका छन् भने श्यामबहादुर थापा चलचित्रको प्रस्तुतकर्तामा रहेका छन् । दीपक मनाङे र देवी राईको लगानीमा निर्माण भएको चलचित्रमा किरण नेपाली र रघु परियार कार्यकारी निर्माता छन् ।