Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पौडेलले देखाए धमाधम काम

काठमाडौं । सरकारले देशैभरका स्थानीय तहमा स्वास्थ्य चौकी तथा अस्पतालहरु निर्माण गर्ने अभियान थालेको छ । अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ । विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ शुरु भएको विकास अभियानलाई यो निर्णयले टेवा पु¥याएको छ ।

तस्कर र माफियालाई सघाएर ओली सरकारको बदनाम गरेका तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगमनसँग अर्थ मन्त्रालय सुधारात्मक बाटोमा खटेको छ । अर्थमन्त्री विष्णु पौडेल आएपछि त्यही संरचनाको मन्त्रालयले सुधारका काम गर्न थालेको छ । सचिव शिशिर ढुंगाना नै हुन् । अर्थबाट सुधार गर्न सक्ने हरेक विन्दुमा कहाँ के गर्न सकिन्छ उनलाई थाहा थियो । तर मन्त्री युवराजकै संकीर्णताले योजनाविहीन अर्थले तत्कालिन सुधार देखाएन । बरु चकलेटको राजश्व घटाएर राष्ट्रिय योजनामा परेको विद्युतीय गाडी खरिद र सञ्चालनमा राजश्व बढाए । उनको बहादुरी यही देखियो । तर प्रम ओलीले श्रीमती राधिका शाक्यको निर्देशन मान्दै तीनै जनविरोधी डा. युवराज खतिवडालाई तीन वर्षसम्म अर्थ मन्त्रालयलाई पंगु, जनविरोधी गतिहिन बनाइदिए ।

केबल विश्व बैक र एसियाली विकास बैंकको नेपालको समृद्धि र विकास विरोधी नीति लादेर डा. खतिवडा नेपालको हित विरोधी अमेरिकी स्वार्थको एमसीसी भिœयाउने दूत बने । धन्न एमसीसी विरुद्ध नेपाली जनमत एकजुट भयो । अमेरिकी लगानीको नाममा नेपालको राष्ट्रिय स्वाभिमानलाई असर गर्ने योजनाको डा. खतिवडा हिस्सेदार बनेका थिए । अर्थले आँट गरे सुधारका काम हुन्छन् भन्ने कुरा विष्णु पौडेलले देखाए । फजुल खर्च रोक्ने निर्देशन गरे । गाडी खरिद, स्टेशनरी, बैठक भत्ता, खाजा भत्ता जस्ता शीर्षकमा अरवौं सक्ने लुटाहा टोलीको योजना भत्काए । चर्चा त अर्थमन्त्री पौडेलको प्रचारमुखी बढी भयो भन्ने छ । आन्तरिक राजश्वको स्रोत पाइला पाइलमा देखेका अर्थमन्त्रालयमा अनुभवी सचिव शिशिर ढुंगानाको कुरा राजनीतिक पाखण्डका कारण हिजो सुनिएन ।

पौडेल अर्थमा आएपछि स्थानीय तहमा अस्पताल बन्ने कुरा आए कोरोना बीमाको भुक्तानी शुरु भयो । अर्थले गति लियो । यद्यपि उनी नेकपाभित्र त्यही वर्बराहटमा रमाउने, गुटबन्दीमा समय बिताउने, जनतालाई भोकै राख्ने, आफू मृगौला पीडित हुँदा देशका जनताको स्वास्थ्य र दुःखी जीवनलाई पाखण्ड प्रदर्शन गर्ने केपी ओलीको चाडकी गरेर बालुवाटार जग्गा प्रकरणका दोषी हुन् । राजनीतिलाई स्वार्थको फाइदा लिँदै आएका डा. युवराज खतिवडा जस्तो नालयक राष्ट्रघाती, देशघाती चरित्रका विश्व बैंकका दलाललाई तीन पटक बजेट ल्याउन दिएर प्रधानमन्त्री ओलीले नेपालको विकासलाई छेकीदिए । यो सत्यलाई सबैले स्वीकारेको बेला विष्णुको आगमनले सुधार कसरी गर्ला ? अबको बाटो भनेको विगत पछ्याउने होइन । त्यो नेकपाले चुनावमा जनताको बीचमा के बचन र प्रद्धिबद्धता देखायो त्यसतर्फ लाग्नु हो । अर्थ हाक्नेहरूले तत्कालिन नेकपाको चुनावी घोषणापत्रले दर्शाएका योजना र कार्यक्रमहरूलाई पल्टाएर हेरे पुग्छ । नेकपाले जनतालाई के भन्यो चुनाव जित्न कस्ता योजना ल्याएको थियो ।

अर्थमन्त्री पौडेल आफैं चुनाव घोषणापत्र लेख्दाका कारिन्दा थिए । प्रधानमन्त्री हावादार बनेका छन् । त्यस्ता हावादारी प्रधानमन्त्री राष्ट्रवादको कुरा गर्छन् चुच्चे नक्सा हटाउँछन् । लाखौं खर्च गरेर छपाइएको पाठ्यपुस्तक चुच्चे नक्सा समावेश भएकै कारण वितरणमा रोक लगाउँछन् । ठूल्ठूला भ्रष्टाचारमा सहभागी आफ्ना दलाल र पछुवाहरूको अपराधमा साथ दिन्छन् । पार्टीलाई चासो दिँदैनन् । गुण्डागर्दीबाट कमाई गरेको गुण्डाहरूलाई मदन भण्डारी फाउन्डेसनबाट परिचालन गर्छन् । ओली नेकपाको अध्यक्ष छन् पार्टी एकताको काम टुंगिएको छैन । देशको प्रधानमन्त्री छन् समृद्धि र विकासको बाधक विकृति र विसंगति चम्काइरहेका छन् । राष्ट्रिय महामारीका बेला समेत ओलीको जमातले देश लुट्न लाज नमानेको अवस्था छ । त्यो मपाइँवाद नहटेसम्म सुधार हुँदैन । अहिले अर्थ मन्त्रालयले राजश्व वृद्धिका निम्ति कर्मचारी परिचालनलाई तिव्र पारिरहेको छ । भन्सार नाकाहरूमा प्रमुख अधिकृतहरू खटाउनेक्रम जारी छ । अर्थसचिव शिशिर ढुंगानालाई कुन भन्सारको अवस्था कस्तो छ ? त्यो थाहा पाउन स्थलगत भ्रमण गर्नुपर्दैन । किनकि उनी पहिले भन्सार विभागमा लामो समय बिताएका वरिष्ठ अधिकृत थिए ।


सम्बन्धित समाचार