Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पौरखी एआईजीले पाए अवकाश, प्रहरीमा बालुवाटार आतंक

काठमाडौं । नेपाल प्रहरीका पौरखी एआईजी रविन्द्र धानुकको रक्षा कवज बनेका भ्रष्टाचार नायक अर्थमन्त्री जनार्दन शर्माको केही लागेन । गृहमन्बत्रालयलाई बाइपास गर्दै अर्थमन्त्री शर्माले एआईजीको उमेरहद ५६ बाट ५८ बनाउन मन्त्रीपरिषद्मा प्रस्ताव गर्दा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवाद गर्नुप¥यो । तीनै पौरखी एआईजी रविन्द्र धानुकले गत साता अवकाश पाएपछि नेपाल प्रहरीमा चार एआईजी पद खाली भएको छ । एआईजी विश्व पारखेल साउन २०, मुकुन्दराज आचार्य भदौ २३, अरुण बिसी कात्तिक १४, रविन्द्र धानूक कात्तिक २२ मा अवकाश पाएका हुन् । धानुक प्रहरीमा पौरखी हुन् । उनी प्रदेश २ को इञ्चार्ज हुँदा नेकपा चन्दका कार्यकर्ता गोविन्द पौडेल हत्या प्रकरणमा पनि जोडिए । राष्ट्रिय मानवअधिकार आयोगले तत्काल कारबाहीका निम्ति सरकारलाई सिफारिश गरेको पनि हो । प्रहरीमा अर्का पौरखी डिआईजी पनि छन् । उनी हुन् अशोक सिंह जो काठमाडौं परिसरमा रहँदाका बेला चेक काण्डमा परेका थिए ।
बालुवाटारको कृपा भएकाले सिंहलाई अपराधबाट जोगाइयो ।
प्रहरी आईजीपी धिरज प्रतापसिंहका ब्याजीहरू मधेश प्रदेशका मसाउद अलाम खाँ लुम्बिनी प्रदेशका नलप्रसाद उपाध्याय सुदूरपश्चिमका मोहन आचार्य रहेका छन् । यी पात्र त्यहाँ अपेक्षित होइनन् । पछिल्लो पुस्ताका दीपक थापा, टेकप्रसाद राई, बसन्त कुँवर, अशोक सिंह रहेका छन् । उमेरहद ५६ भयो त्यो बदलिएन भने आईजीपी सिंहका ब्याजीले चैतमा अवकाश पाउँदा प्रहरीमा सर्वेन्द्र खनालहरूकै समयमा जस्तो डिआईजीबाट आईजीपी बन्ने छन् । फौजी संगठनको आईजीपी बन्दा डिआईजी, एआईजीसम्मको अनुभव लिएको होस् भन्ने हो भने सरकारले आईजीपीको व्याजका २ र नयाँ टीमका २ जनालाई एआईजी बनाउनुपर्छ । तर बृफकेश बुझाउनु पर्ने भएपछि भ्रष्ट संस्कृतिको बिजारोपण बढीरहेको छ । राजनीतिक वृत्तामा फौजी समूहलाई प्रयोग गरेर स्वार्थ पूरा गर्ने होडबाजी छ । विवादमा आएका अधिकृतहरूप्रति राजनीतिक आड दिलाउँदा संगठन बदनाम हुन्छ । तर यो सत्यलाई वर्तमान काँग्रेसले बुझ्नुपर्छ । गृहमन्त्री बालकृष्ण खाँडा समेत सरुवा बढुवामा चासो राख्छन् निर्णायक भएनन् । प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलाई दलीय हस्तक्षेपबाट मुक्त गर्न नसक्दा अपराध कर्म मौलाउँछ । ती संगठनको आफ्नै नियम छन् । वरिष्ठता, जेष्ठताले मात्र कतिपय काम खल्लो पार्छ । कार्यक्षमता अनुसशासन भनेको कारण त्यो हो । क्षमतावान भए भने यिनले संस्थाको इज्जत राख्छन् । बदनामले आफैंमाथि घात गर्छ । एआईजी बन्न केन्द्रमै दौडधूप गर्न हेडक्वार्टर नछाडेको आरोप टेकबहादुर राई, बसन्त कुँवर, अशोक सिंहलाई लागेकै हो । एसएसपीमा पहिलो भए पनि डिआईजी बढुवामा सातौं भएकोमा खिन्न देखिएका सन्दिप भण्डारी चितवन भरतपुर तालिम केन्द्रमा रमाइरहेका छन् । गृह प्रशासनमा निष्पक्षता छैन । माओवादी मात्र हस्तक्षेप विहीन कार्यक्षमता, योग्यना, वरिष्ठता हेर्ने पार्टी थियो । बालुवाटारको हस्तक्षेपले फौजी समूह बदनाम छ । अबधि पुगेका कार्यकाल वर्ष दिन कटाएका एसपी, एसएसपीहरू कार्य सम्पादनमा कमजोर भएर पनि चुनावका कारण सरुवा भएनन् । प्रम पत्नी डा. आरजु राणा, सालो भुषण राणा, पिएद्वय भानु देउवा र प्रकाश देउवाको हस्तक्षेप प्रहरीमा छ । प्रकाश देउवा डा. आरजु देउवाको हिक्मत गुमेपछि कञ्चनपुर क्षेत्र नं. ५ मा चुनाव लडेका छन् । जहाँ आरजुको हस्तक्षेप छ, त्यहाँ भद्रगोल छ । निजामति प्रशसानमा पनि भ्रष्टहरूको संरक्षक बन्ने काम डा. आरजुको छ । प्रधानमन्त्री अरु पनि भए तर प्रम शेरबहादुर देउवाको कार्यकालमा हस्तक्षेप गर्ने काम श्रीमतीको बढी भयो । यस पटक गृह र अर्थमा समेत व्यापक भएको छ । राजनीतिमा यो सुहाउँदो होइन । सिफारिश गर्न सकिन्छ जबर्जस्ती गर्नु हुँदैन । डा. राणाकै कारण एसएसपी हुँदा चेक काण्डमै फसेका अशोक सिंहलाई एआईजी बनाउने जोड नहोला भन्न सकिन्न । बालुवाटारले जे पनि गर्छ भन्ने कुरा तालिममा असफल पात्रले पनि सशस्त्र हल्लाएकै छन् ।
जन सरोरकोको ख्याल नगर्ने कम्युनिष्ट पार्टीले सरकार बनाउँदा कमिशन र बिचौलियाको जगजगी भयो । सरकारले राम्रो गरेको भए गुटबन्दीप्रति चासो हुँदैनथ्यो । काम नगर्ने विरोधीको वास्ता नगर्ने पार्टीमै शत्रुता बढाउने गरेकाले सहयात्रीहरू चम्के । ओली आफू घेराबन्दीमा परेको बताएर जनताले माफी दिँदैन किनकि कम्युनिष्ट पार्टीको बहुमतको सरकारको रहर उनले पूरा गरे अब न त कम्युनिष्टको बहुमत प्राप्त हुन्छ नत कम्युनिष्टको नाममा सरकार बन्छ । प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीले सत्तापक्षभित्र लडाइँ शुरु भएको बताएर आफू प्रम हुनसक्ने वातावरण कति देखे ?