Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यहाँ बलेको आगो ताप्नेकै बाहुल्यता छ । नागरिकता नपाउने लाखौं होलान् तर अहिले चर्चामा रहेका प्रकाशले घरैमा नागरिकता पाएका छन् । गोर्खाको चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा ३३ वर्षे गोठालो जीवन बिताउने क्रममा ‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश मोक्तानले नागरिकता बनाएका छन् । ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’का पात्र प्रकाश मोक्तानलाई आइतबार षडानन्द नगरपालिका(१०, साङपाङस्थित उनको घरमै नेपाली नागरिकता हस्तान्तरण गरिएको हो । षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले प्रकाशलाई नेपाली नागरिकता हस्तान्तरण गरे । वडा नम्बर १० का अध्यक्ष प्रेम दोर्जी शेर्पाको सिफारिसमा उनलाई इलाका प्रशासन कार्यालय दिङ्लाले नागरिकता दिएको हो । त्यसक्रममा प्रकाशको घरमा इलाका प्रशासन कार्यलय प्रमुख बिनोद ज्ञावली र षडानन्द नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं पनि उपस्थित थिए । प्रकाश गत १३ भदौमा गोरखाको चुमभ्याली छाडेर घर फर्किएका थिए। काठमाडौंबाट जहाजमा तुम्लिङटार झरेर शनिबार घर पुगेका उनले अब गाउँमै बस्ने योजना बनाएका छन् । आफ्नो नाममा कुनै जग्गा नभएका उनलाई गाउँमै राख्ने तयारी गरिएको छ । १० वर्षको उमेरमा घरबाट हिँडेका प्रकाश काठमाडौंबाट हराएका थिए । त्यसपछि उनी काठमाडौंबाट गोरखाको चुम भ्याली पुगेका थिए । जहाँ उनले ३३ वर्षदेखि टासी लामाको गोठालोका रुपमा काम गरेर जीवन बिताए । लामो समय गोठालो जीवन बिताएर अनागरिक रहेका प्रकाशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्ने इच्छा जाहेर गरेका छन् । गाउँपालिका अध्यक्ष लामाले प्रकाशलाई प्रधानमन्त्रीसँग भेटाउने तयारी भएको बताएका छन्। षडानन्द नगरपालिकाका मेयर उदासले यसअघि नै साङ्पाङस्थित उनको घरैमा पुगेर नागरिकता बनाइदिने, बृद्ध बुवाको उपचार गरिदिने र गाउँमै रोजगारीका लागि पहल गरिदिने प्रतिबद्धता जनाएका थिए । जसअनुसार पहिलो चरणमा प्रकाशले नागरिकता बनाएका हुन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल