Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डका घरवेटीले किने समा प्रेस

काठमाण्डौ । सडक बनाउने ठेक्का लिने काम पुरा नगर्ने सरकारी पैसा खाने नेताको धाक लगाउने गरेर अनुभन विनाको मल खरिद ठेक्का लिने मल ल्याउन नसक्ने सारदा अधिकारीले भारतिय माफियाद्धारा संचालित समाप्रेस खरिद गरेका छन् । प्रचण्डलाई घर भाडा लगाएर आफ्नो व्यापार चम्काउदै आएका अधिकारीले सो प्रेस रु पैतिस करोडमा किनेका हुन् ।

प्रेसमा आप्का हाउसको २० प्रतिशत शेयर रहेको छ भने द हिमालयन दैनिकमा अधिकारीलाई २० प्रतिशत दिइएको समाचार सुत्रले बताएको छ । भारतिय लगानी नेपालको संचार क्षेत्रमा भित्राउन दिनु हुदैन भन्ने जनमत माथि दमन गर्दै धित्रिएको आक्का हाउस एसिया प्यासिफीक फाउन्डेस अन्तरगर्त रहेको छ भने इन्टरनेशनल मिडीया नेटवर्क मार्फत अन्नपुर्ण पोष्ट र द हिमालय चलाइएको थियो आप्का एसिया स्तरको मार्केटिड. कम्पनि हो । अन्नपुर्ण दैनिक रामेश्वर थापाले किने पछि समा प्रेस आप्कालाई घाडो भयो ।

यही मौकामा निर्माण र व्यापार क्षेत्रमा बदनामी कमाएका सारदा अधिकारीले प्रेस किनेका हुन् । नेकपाका अध्यक्ष पुष्प कमल दाहालले आफ्नो निजी सम्पतिm नभएको बताई रहदाँ उनका घरबेटीले प्रेस किन्नु संयोग हाकी कागताली । आफु बदनाम भएपछि शारदाले कृषि सामाग्री कम्पनि विरुद्ध सर्वोच्च अदालतमा मुद्धा हालेर कालो सुचिमा पर्न बाट जोगीय पनि जफत भएको धरौटी फिर्ता लान सकेको छैन् । संन्चार क्षेत्रमा सारदाको रहर हो भने माओवादी लगानीमा प्रकाशन भएको समाचार दैनिक आउन सक्ला ।

अहिले त्यो समुहलाई बलियो दैनिकको खाचो छ । पाटी एकता भएपनि एमाले पक्षले माओवादीलाई पेली रहेके बेला सारदा अधिकारी प्रेस माली बन्नु संकाको विषय हो । भारतिय नागरिक बाद साह आप्का हाउसको मालिक थिए । नेपाली संपादक राखेर भारतिय कर्मचारी बाट चलाईएको अन्नपुर्ण र हिमालय दैनिकको वार्षिक कार्यक्रममा बादसाह सहभागी हुदाँ होटल हायत चर्चामा आउथ्यो । राजन पोखरेल संम्पादक र द हिमालय अहिले घिटीघिटी अवस्थामा पुगेको छ ।

भारतिय दुताबास नियन्त्रीत आप्का आउसमा जागीर खान एमालेका नारन ढकाल काग्रेसका हरि अधिकारी श्री आर्चाय हरु संम्पादक बनेपनि अन्नपुर्ण दैनिक गोविन्द प्रधानले बेचेका हुन् । अहिले सारदाको सम्पतिmमा आशंका उब्जीएको बेला प्रेसमा लगानी गरेर सत्ता संग भिड्ने तयारी त भएको होइन ।यो लगानी संकास्पद छ जसले किसानलाई मारेको छ । सडक निर्माणमा अपराध गरेको छ । त्यसको संरक्षण भुलेर पनि नेकपाको नेतृव्वले आफ्नै खुट्टामा हतियार प्रहार गरे बराबर हो ।


सम्बन्धित समाचार