Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको काँधमा केपीको बन्दूक

काठमाडौं । जस्तो रोप्यो त्यस्तै फल्छ । नेपाली जनताको भद्रता र सहनशिलताको फाइदा लिँदै देशका राजनीतिक दलका नेताले गरेको भ्रष्टाचारले विकास भएन । नीतिगत भ्रष्टाचार नेकपा एमाले, केपी गुटको गहना भयो । काँग्रेस खान्दानी भ्रष्टाचारमा रमाएको शक्ति हो । कोइराला वंशले रोपेको बिउ विजय गच्छदार, खुमबहादुर खड्का, जेपी गुप्ता, चिरञ्जीवी वाग्ले हुँदै सुजातासम्म पुग्दा नेपाली पासपोर्ट समेत बेचियो । पछिल्लो चरणमा शेरबहादुर देउवालाई उभ्याएर डा. आरजु राणा, जयवीर देउवा र मञ्जु खाँण, बालकृष्ण खाँण, मोहन बस्नेत, डा. प्रकाशशरण महतसम्म मौलायो । गगन थापाको रास्वपा सभापति विरुद्धको फण्डासँग कान्तिपुरका कैलाश सिरोहिया जोडिएका छन् । रविका १२ भाईले अहिले चमत्कार मच्चाएका छन् । अबको राजनीति भनेको रविमाथिको फण्डा कता जान्छा भन्ने थाहा छैन । संसद अवरुद्ध पारेर सरकारलाई काम गर्न नदिने एमालेको डिजाइनले २०८० सालको बजेट अधिवेशन अर्थहिन बनायो । पालाको पैंचो तिर्ने भन्छन् त्यो बेला काँग्रेसका अर्थमन्त्री डा. प्रकाशरणम मत थिए, आज माओवादकिा वर्षमान पुन छन् । हिजो एमालेले जे ग¥यो आज काँग्रेस त्यस्तै फण्डा गर्दैछ । सुन तस्करी काण्ड प्रहरीले छानविन गर्दा माओवादी नेता जोगिन्छन् भन्ने एमालेको व्याख्या कति सफल भयो । कृष्णबहादुर महराका बाबुछोरा भेप काण्डमा जोडएकै थिए । नन्दबहादुर पुनका पुत्र सुन तस्करसँग मात्रै होइन सहकारी ठगिमा पनि जोडिएका छन् । यहाँ नयाँ थपिएनन् कारबाही तिनलाई प्रहरीकै छानविनले गरेको हो । नक्कली भुटानी शरणार्थी काण्डमा केपी ओलीका अर्दली र भान्से पर्दा संसदीय छानविन समिति गठन गर्नुपर्छ भनिएन । किनकि त्यहाँ डा. अजय क्रान्ति, राजेश्वर स्थापितहरूसँग मानव सेवा संघ जोडिएको थियो । आफू जोडिने छानविनमा ओलीले चासो दिएनन् । काँग्रेसकी भ्रष्टाचारकी कुलदेवी नै पर्ने भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणले मुल पात्र बालकृष्ण खाँण र मञ्जुलाई बनाइएन । अहिले काँग्रेसले समग्र सहकारी काण्ड नियन्त्रणको कुरा गरेको छैन । उसको रिस रवि लामिछानेसँग छ । नक्कली नागरिकता र पासपोर्ट काण्डमा लामिछाने जोडिएका बेला जेल पठाउनै पथ्र्यो । सरकारले माफि दिनु नै गलत थियो । जहाँ एमाले अध्यक्षको निगरानी थियो । आफूले भनेको सबै ठिक ठान्ने केपी ओली अरुको खेदो खन्न हौसिने पात्र हुन् । पार्टी अध्यक्ष पदको चरित्र त्यस्तो हुनु पार्टीका लागि घाटा थियो । ८ लाख क्रियाशील सदस्यमा ३ लाख माधवले लगेको दाबी गरिए पनि एमालेका १ लाख ३५ हजार सदस्य कता हराए ? नेतृत्व चरम गुटबन्दी र अवसरवादी हुँदा यो स्थिति आएको हो । अहिलेको पुस्ता कुनै पनि राजनीतिक दलप्रति आकर्षित छैन । रञ्जु दर्शना र बालेन शाहतर्फ केन्द्रीत राजधानी शहरको जनमत फर्केर एमाले पनि बन्दैन काँग्रेसतर्फ आकर्षण छैन । त्यही काँग्रेसले अन्तर्घात गर्दा ललितपुरकी डा. तोषिमा कार्की काठमाडौंमा सोभिता गौतम, शिशिर खनाल र विराजभक्त श्रेष्ठहरू आए । त्यो काँग्रेसले राष्ट्रियसभामा आफ्ना उम्मेदवारलाई माओवादीको भोट लियो । तर कोशी प्रदेशमा माओवादीलाई जिल्यायो । छलकपट गरेर राजनीति धानिँदैन । अहिले संसद चल्न नदिएर तत्कालको फाइदा लिए पनि भोलिको चुनावमा सकस पर्ने मेलो काँग्रेसले खोजेको छ । त्यो बेला बाख्रे काजीहरू आफ्नै निर्वाचत क्षेत्रमा पराजित हुनेछन् । प्रचण्डलाई प्रयोग गर्न सजिलो छ । पार्टी नीति, कार्यकर्ता जो जहाँ जसरी फैलिएका छन् । तिनका धन्दा जोगाउन र छोरी गंगालाई सुजाता र डा. आरजु जस्ता काँग्रेसका कुलायन सरहको हैसियतमा पु¥याउनु परेको छ । पार्टी कार्यकर्ताको चाहना र रुची यहाँ जरुरी छैन । जेल बस्ने बसेकै छन् । कारबाही भोग्नेले भोगेकै छन् । माओवादीलाई प्रधानमन्त्री बाहेक १÷२ थान मन्त्री दिए भएकै छ । कहिले केपीले प्रयोग गर्ने, कहिले देउवाले सहयोग गर्नु नै उनीहरूको स्वार्थ हो । तिनको स्वार्थमा पद र कुर्सी भए जस्तै रास्वपाका रवि लामिछाने, नागरिक उनमुक्तिका रेशम चौधरी र रञ्जिता श्रेष्ठ मैदानमा आए । जसले लोकतन्त्रलाई बदनाम बनाए । देशको ऋण ७ खर्बबाट ३७ खर्ब बनाउँदा लोकतन्त्र कति सफल भयो ? समाजले व्यहोरेको भ्रष्टाचार, तस्करी, कमिशन र विचौलिया प्रथा हो ।