Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको वर्ष दिन पुग्दैछ। यो अवधिमा सरकारले ३० भन्दा बढी सचिवलाई मनपरी सरुवा गरेको पाइएको छ। एकपटक होइन पटक-पटक। परिणाम – आफैं छटपट हुनेगरि वर्षदिने कार्यकाल फेल।
उनको कार्यकालमा कामभन्दा बढी स्टन्ट भए। भ्रष्टाचारको फाइल खोल्छु भन्ने तर आफ्नो दलका नेतालाई नछुने चरित्र देखाएर उनले वर्ष दिन उपलब्धिविहीन हिसाबले खेर फाले।
रोपेको बिरुवा हप्ता दिन बित्दा पनि नबढेपछि मुर्ख किसानले उखेलेर ठाउँ फेर्दै रोपेझैं दाहाल सरकारले सचिवहरुलाई यो मन्त्रालयमा पो राम्रो गर्लान् कि त्यो मन्त्रालयमा पो राम्रो गर्लान् कि भन्दै फनफनी सरुवा गरेको देखिन्छ। हप्तैपिच्छे ठाउँ फेर्दै रोपिएको बिरुवा नबढी मर्दा किसान छट्पटिएझैं दाहाल अहिले चिटचिटाहाटमा देखिन्छन्।
सरकारले पछिल्लोपटक घुमाएर सरुवा गरेका सचिव हुन् सुरेश आचार्य। मंसिर २८ गते खानेपानी मन्त्रालयबाट रामआधार साहलाई हटाएर आचार्यलाई खानेपानीमा ल्याइएको हो।
जेठ २९ मा मणिराम गेलाललाई हटाएर मन्त्री यादवले रामआधारलाई ल्याएका थिए। यादवको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै उनलाई केन्द्र पठाइएको छ। खानेपानीमा यसअघि पनि सचिव रहिसकेका आचार्य ब्याक हुनसाथ २८ दिनमै मेलम्ची खानेपानी काठमाडौं आउने गरी सहमति भइसकेको छ।
२०७८ माघ २४ मा खानेपानी मन्त्रालय सरुवा भएका आचार्य करिब साढे ४ महिना अर्थात् २०७९ जेठ १० सम्म खानेपानीमा सचिव थिए। त्यहाँबाट प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालय हुँदै राष्ट्रिय सतर्कता केन्द्र पुगेका सचिव आचार्य फेरि मंसिर २८ मा खानेपानीमै दोहोरिएका हुन्।
सरकारले अर्थ मन्त्रालयमा सचिव अधिक पटक हेरफेर गरिएको देखिन्छ। अर्थ मन्त्रालयबाटै बाहिरिएका कृष्णहरि पुष्कर पछिल्लो समय अर्थमा सरुवा भएका छन्। विष्णु पौडेल अर्थमन्त्री हुँदा तोयम राया अर्थसचिव थिए।
उनलाई हटाएर अर्थमन्त्री महतले बजेट तयारीका लागि अर्जुनप्रसाद पोखरेललाई सचिवमा भित्र्याए। पुसमा अर्थमा आएका रायालाई हटाएर वैशाखमा पोखरेल ल्याइएको थियो।
उनलाई हटाएर फेरि साउन २६ मा पुस्करलाई अर्थ ल्याइको हो। उनी २०७९ साउनमा अर्थ सचिव बनेका थिए। बजेट विवादमा अर्थसचिव मधु मरासिनीको सरूवा भएपछि २०७९ साउनमा पुष्कर अर्थसचिव बनेका थिए। तोयम हाल राष्ट्रिय तथ्यांक कार्यालय छन् भने पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल