Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डलाई प्रधानमन्त्री बनाउन महेशको दौडधूप

काठमाडौं । त्यसैले त भनिन्छ राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन । एमाले र माओवादीबीच पानी बाराबारको अवस्था चुनावअघिसम्म थियो तर अहिले सत्ता लेनदेनका लागि एमाले अध्यक्ष ओली नै झुक्न पुगेका छन् । नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । नेता बस्नेत भर्खरै नेपालको कोटेश्वरस्थित् निवासमा पुगेको उच्च स्रोतको दाबी छ । त्यसअघि बस्नेतले अब वामपन्थीहरुकै नेतृत्वमा सरकार बन्ने पनि दाबी गरेका थिए । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादीले साना दललाई समेटेर नयाँ सरकार गठन गर्ने योजना रहेको बस्नेतले बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरु तयार भएको पनि बताएका छन् । नेकपा विभाजनपछि नेता बस्नेतले पहिलोपटक आज माधव नेपालसँग भेटवार्ता गर्न लागेका हुन् । बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीको दूतको रुपमा नेपालसँग भेटवार्ताको लागि कोटेश्वर पुगेका हुन् । पछिल्लो समय वामपन्थीहरुकै नेतृत्वमा नयाँ सरकार गठनको लागि गृहकार्य भैरहेको छ । यसको लागि एमाले र माओवादीका दोस्रो तहका नेताहरुले पहल थालेका छन् । प्रचण्ड पनि कांग्रेस नेतृत्वमा रहने वा नरहने भन्नेबारे दोधारमा छन् । उनले पहिलो चरणमा सरकारको नेतृत्व गर्न पाए कांग्रेससँगको गठबन्धन कायम राख्ने र नेतृत्व गर्न नपाए गठबन्धन तोड्ने चर्चा छ ।