Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। ३७ वर्षदेखि एकछत्र पार्टी हेर्डक्वाटर चलाइरहेका माओवादी सुप्रिमो प्रचण्डलाई अहिलेकै विधानअनुसार पनि अझै दुई कार्यकाल कसैले चलाउन नसक्ने भएको छ । नेपालको वाम आन्दोलनको इतिहासमा लामो समयसम्म नेतृत्वदायी पदमा रहने नेताहरुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि पर्छन्। प्रचण्डका पूर्वनेता एवं नेपालकै कम्युनिष्ट पार्टी स्थापनाकालका संस्थापक सदस्य समेत रहेका नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह पनि आजीवन पार्टी नेतृत्वमा रहेन नेतामा पर्दछन्। सिंह र प्रचण्ड २०४२ सालसम्म एउटै कम्युनिष्ट पार्टीमै रहेका थिए। पार्टीभित्र अन्तरद्वन्द्व चर्किएपछि अलग भएका यी दुबै नेताहरु अहिले पनि पार्टी नेतृत्वमै अभिछिन्न रुपमा कायम छन्। नेकपा (मसाल) को नेतृत्वदायी पद महामन्त्री रहेका सिंह २०३१ सालमा विभाजित कम्युनिष्ट पार्टीको एक घटक चौथो महाधिवेशनदेखि हालसम्मै पार्टी नेतृत्वमै छन्। यता, सुरुवाती राजनीतिक चरणमा उनकै कार्यकर्ताको रुपमा रहेका प्रचण्ड लगायत उनको समूहले सिंहलाई कारबाही गर्दै २०४२ सालमा नेकपा९मशाल० को नेतृत्वदायी तहमा मोहन वैद्यलाई पुर्याएका थिए। लगत्तै सिंहले आफ्नै नेतृत्वमा अलगै नेकपा (मसाल) नामक दल गठन गरेका थिए । जसको हालसम्मै उनी प्रमुख पद महामन्त्रीमै कायम छन्। यी दुबै दलमध्ये वैद्य तथा प्रचण्डले नेतृत्व गरेको तत्कालीन दल नेकपा (मशाल) लाई (मोटो मशाल) र सिंह नेतृत्वको दल नेकपा (मसाल) लाई पातलो मसालका रुपमा नेपालको राजनीतिमा चित्रित गरिन्छ। २०४३ सालमा वैद्यलाई विस्थापन गरेर नेकपा९मशाल०को महामन्त्री भएदेखि प्रचण्ड हालसम्म सोही दलको एक घटकको रुपमा रहेको नेकपा (माओवादी केन्द्र)को अध्यक्ष छन्।
उनै प्रचण्डको दल माओवादी केन्द्र०ले मंगलबारदेखि प्रज्ञा प्रतिष्ठानमा तीन दिनसम्म आयोजित प्रथम विधान सम्मेलन मार्फत फेरि दुई कार्यकाल नेतृत्वमा रहने गरी विधानको प्रस्ताव तयार गरेका छन्। देशभरका कार्यकर्ताहरु सम्मिलित उक्त प्रथम विधान सम्मेलनमा सहभागीहरुलाई २० समूहमा विभाजन गरेर प्रस्तावित विधानको मस्यौदामाथि छलफल गरिएको थियो। माओवादीले गत पुस ५ गते उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा विधान मस्यौदा लेखन समिति गठन गरेको थियो। उक्त समितिले तयार गरेको प्रस्तावित विधानको मस्यौदा बिहीबार सम्पन्न प्रथम विधान अधिवेशनले सु्झावसहित पारित गरेको छ। विधान अधिवेशनमा सहभागी नेता कार्यकर्ताहरुको सुझाव समेटिएको विधानको मस्यौदा आगामी विशेष महाधिवेशनले पारित गरेपछि पार्टीमा लागू हुने बताइएको छ। प्रस्तावित विधानमा देशभरका कार्यकर्ताहरुको सुझाव समेटिएपछि पार्टीका सम्पूर्ण पदाधिकारी प्रत्यक्ष निर्वाचित प्रणाली अनुरुप टुंगो लगाइने भएको छ।
अब पार्टीमा लागू हुने विधानमा आगामी अध्यक्षमा निर्वाचित हुने नेतृत्वले दुई कार्यकाल भन्दा बढी पदमा रहन नपाइने सुझावसहितको प्रस्ताव पारित गरिएको एक नेताले बताए। ती नेताका अनुसार अब पार्टीमा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित पदाधिकारीले दुई कार्यकाल भन्दा बढी समय सोही पदमा दोहोरिन नपाउने प्रावधान समेटिएको छ।
यसले २०४३ सालदेखि पार्टीको नेतृत्वमा रहेका दाहाल अझै दुई कार्यकाल निर्विकल्प रहने मार्गप्रशस्त गरेको छ। यसअघि २०७८ पुसमा सम्पन्न आठौं महाधिवेशनबाट नेतृत्वमा यथावत रहेका प्रचण्ड अझै दुई कार्यकाल फेरि नेतृत्वमा निरन्तर रहने प्रावधान पारित विधानले निर्दिष्ट गरेको छ। अबको विशेष महाधिवेशनले विधान पारित गरेपछि पार्टीमा लागू हुने छ। सोही महाधिवेशनले नेतृत्वलगायत अन्य पदाधिकारी चयन गर्ने नीति विधानमा समेटिएको छ। केन्द्रीय समितिको आकार १९९ सदस्यीय बनाउने विधानमा समेटिएको छ भने ११ सदस्यीय कार्यालय बनाउने नीतिगत निर्णय गरेको छ। उक्त केन्द्रीय समितिको एक तिहाइ स्थायी समिति बनाइने जनाइएको छ। प्रस्तावित विधानको मस्यौदामा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश गरिए पनि अधिकांश सहभागीहरुको सुझाब पछि १९९ सदस्यीय बनाउने निर्णय गरिएको हो।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल