Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले देउवालाई किन राखे यस्तो प्रस्ताव

काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक किचलोले मुलुकलाई बेफाइदा पुगे पनि काँगेसलाई फाइदा पुगेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टीको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भेटेका छन् । हिजो साँझ दुई घन्टाको भेटमा दुई नेताबीच समिकरण बनाएर जानेबारे छलफल भएको थियो । ६ बजे देखि ८ बजेसम्म भएको भेटमा प्रचण्ड र नेपालले देउवालाई संसद पुनःस्थापनामा एकजुट भएर अघि बढ्न प्रस्ताव गरेका थिए । अदालतको फैसला जेसुकै भएपनि संसद पुनःस्थापनाको पक्षमा मिलेर जान प्रचण्ड र नेपालले प्रस्ताव गरेका थिए । विश्वस्त स्रोतका अनुसार भविष्यसँग मिलेर जाने गरी देउवालाई प्रचण्ड र नेपालले प्रस्ताव गरेका थिए ।
देउवाले चुनावमा बढी जोड दिइरहेकोमा प्रचण्ड र नेपालले चासो देखाएका थिए । ओलीले चुनाव नगर्ने र भ्रममा नपर्न समेत भनेको बुझिएको छ । देउवाले भने लोकतन्त्रमा चुनाव अनिवार्य भएको जवाफ दिएका थिए । उनले अदालतको आदेशलाई पर्खेर अघि बढ्ने जवाफ दिएका थिए । प्रचण्ड र नेपालले भने संयुक्त आन्दोलनको प्रस्ताव गरेका थिए । संसद पुनःस्थापनाको पक्षमा संयुक्त रुपमा अघि बढ्ने उनीहरुको प्रस्ताव थियो । बरु त्यसपछि सत्ता मिलेर सञ्चालन गर्नेबारे राजनीतिक लेनदेनको कुरा हुनसक्ने बताएका थिए ।
देउवासँग प्रचण्ड र नेपालले भेटेर भविष्यसँग मिलेर जाने कुराकानी गरेपछि बालुवाटार सतर्क भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे निकै चासो राखेको बुझिएको छ । ओली र देउवाबीच भित्री रुपमा सम्झौता भएको चर्चा चल्दै आएको छ । प्रतिनिधिसभा बिघटनमा देउवाले ओलीलाई साथ दिइरहेको चर्चा चलिरहेको छ ।