Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रतिनिधिसभा विघटनविरुद्ध १४ गते देशव्यापी प्रदर्शन

काठमाडौं । प्रचण्ड नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध पुस १४ गते देशव्यापी आन्दोलन गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले प्रवक्ता नाराणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय आन्दोलन परिचालन समिति समेत बनाएको छ। यो समूहले भोलिदेखि नै आन्दोलन थाल्नेछ।

नेकपा केन्द्रीय सदस्य निरज आचार्यका अनुसार १४ पुसमा काठमाडौं उपत्यकासहित देशव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय भएको हो। त्यसअघि ११ पुसमा सबै प्रदेश कमिटीको बैठक सम्बन्धित प्रदेशमा बस्नेछ। १२ पुसमा ७७ वटै जिल्लामा भेला आयोजना गरिनेछ भने सोही दिन वर्तमान अवस्था र कार्यभारका विषयमा प्रशिक्षण सञ्चालन गरिनेछ।

यस्तै, भोलि शुक्रबार बिहान साढे ९ बजे माइतीघर मण्डलामा सबै केन्द्रीय सदस्य जम्मा भएर १० बजे संयुक्त पत्रसहित निर्वाचन आयोग जाने तय भएको छ। भोलि नै २ बजे पत्रकार सम्मेलन समेत गरिनेछ। २० पुससम्म सबै नगर र गाउँ कमिटीका बैठक र भेला गर्ने तथा २५ पुससम्म सबै वडाहरूमा बैठक भेला गर्ने दाहाल–नेपाल समूहको निर्णय छ। १४ पुसभित्र जनसंगठनहरूका बैठक गर्ने पनि निर्णय गरिएको छ। दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने यो समूहको तयारी छ।