Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टीमा संकट देखाएर महाधिवेशनमा सहभागी देशभरका प्रतिनिधिहरूको हुर्मत लिने एमाले अध्यक्ष केपी शर्मा ओली मात्र होइनन् माओवादी अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले झन कम्युनिष्टको वर्को ओडेर आफ्नो पद सुरक्षित गर्ने नै भए । जनता समाजवादीको नाममा कहिले डा. बाबुराम त कहिले अशोक राईलाई भिœयाएर मधेश र मधेशी भन्दा पहाड र हिमाल देख्नै नसकेका उपेन्द्र यादव समेत पार्टीमा जमिन्दार भए । माओवादी र एकीकृतले प्रज्ञा भवनमा जात्रा देखाउँदा नेकपा एमाले नारायणी नदि किनारदेखि सौराहासम्म केपी ओलीकै व्यानरमा लाग्यो ।
यिनले विचार र सिद्धान्त कुन चराको नाम हो भन्ने मेसो पाएनन् । एमालेमा अध्यक्षका प्रतिस्पर्धीका रूपमा खडा भएका भीम रावल, घनश्याम भुसालहरूले डाँडै काट्नु प¥यो । माधवलाई उचालेर पार्टी फुटाएका योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, निर्वाचित सांसद भए । यी मध्येका योगेश भट्टराईलाई अहिले मन्त्री बनाइने हल्ला चलाएर खिस्स पारियो । शेरबहादुर तामाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा जो जुन पद र हैसियतमा छन् तिनको एमालेका लेखा जोखा छैन । निर्वाचनबाट आफू छानिए पनि खल्तीमा लेखेर राखेको लिष्टमा पार्टीमा योगदान भएकाहरू परेनन् । तर जीवनभर राजा र मण्डले चरित्रबाट पार पाएकी रेडियो कर्मी कोमल ओली विवादमा नायक दुर्गा प्रसाईसम्म केन्द्रीय सदस्य नै भए । एमालेमा ओलीवाद बाहेक अर्को भएन ।
विचारका कुरा गर्ने माधव नेपाल आफू पुनः अध्यक्ष बनेर वरिष्ठ नेतामा झलनाथ खनाललाई राख्दा परिवर्तन सहितको नेतृत्व भन्दै आएका घनश्याम भुसाल महासचिवमा थन्केका छन् । पार्टीको २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न प्रदेश इञ्चार्जहरूलाई दिइएको जिम्मेवारीले पार्टीको प्रदेशस्तरीय संगठनहरूको रूप देखिन्छ । महाधिवेशनको कुम्भ भेलामा छलफल गरर कार्यक्रम पारित गर्नु भन्दा आफ्नै सुरक्षामा लाग्ने प्रवृत्ति हावी भएको कारण नेकपाको सबै घटकको जनवादी केन्द्रीयतामाथि रजाई गर्ने अध्यक्षहरू नै पावरफुल छन् । उपेन्द्र यादवको कुरा नगरौं । २० जना पदाधिकारी, २०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुन्थ्यो भने अध्यक्षको मनोपोली चम्कने थिएन तर आकांक्षी ३७२ भएपछि आफूले आफैंलाई नेता घोषणा गरेर फर्केका उपेन्द्रबाट पार्टी विद्रोह गरेका अशोक राईतर्फ कार्यकर्ता नलागुन् भन्नेमा छन् । सधैं नयाँ नयाँ तुरूप निकालेर आफैं योजनाविद बनेका अर्का समाजवादी नेता डा. बाबुराम भट्टराई आफैं खिइँदै गएका छन् । जो कुरामा परिवर्तनका बाहक जस्तो छ । उसकै हालत खस्कँदै जाँदा नेकपाको समेत यहाँ बदनाम भएको छ ।
माओवादीमा महाधिवेशन सम्पन्न भएको ८ महिनासम्म पदाधिकारी टुंगो नगर्ने अन्तरपार्टी निर्वाचनमा डराउने क्रान्तिकारीताभित्र छरिएर रहेकाहरूलाई एक ठाउँमा ल्याउने अवस्था छैन । कुनै बेला कम्युनिष्टमा नेकपा एमाले नेतृत्वको चयनमा खुल्ला थियो । तर केपी ओलीले सौराहाको जमघटबाट आफू र आफ्ना आसेपासे बाहेक पुराना त्यागी, लगनशीलहरूलाई महत्व दिएनन् । वा नाता लगाएर खुट्टा ढोगेर पदको सदुपयोग गर्नेहरू त्यहाँ अपराधी भएर पनि जोगिएका छन् । भ्रष्टाचारमा डुबेकाहरूको कुनै पनि छानविन हुँदैन । केपी आफैं गिरिबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर पनि हुँकार ठूलो गर्छन् । वामपन्थी शक्तिमा पदका लागि देखिने र देखाइने स्वाभावका कारण नेपालमा अब नेकपाको पछाडि पुच्छर गाँस्नेहरूको खैरियत छैन । मिसन ०८४ जसले जसरी पनि पूरा गर्ला तर अहिलेको तालले पुरा हुन सक्ने ठाउँ तिनले राखेनन् जो निरन्तर पार्टीमा हालिमुहाली गरेर बसेका छन् । सत्ता र पद नै ठूलो ठान्ने उनीहरूलाई जनताले बहिष्कार गर्ने दिन आउँदैछ । केपीको यो कार्यकालकै चमक छैन । उनको विगतले निराशा मात्रै दिएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल