Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुँदै

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ। बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुँदैछ। बिहीबार बस्ने तय भएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए। एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन। विशेष गरी एमसीसीका विषयमा सत्ता गठबन्धनबीच विवाद छ।
सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस एमसीसी पारित गर्नु पर्ने पक्षमा छ भने अन्य सहयोगी त्यसको विरोधमा छन्। गठबन्धनभित्र सहमति नबनेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षसँग सहकार्यको प्रस्ताव गरेका छन्।