Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विराटनगर । प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेशको नाममा आजै निर्णय गर्ने कार्यसूची बनाएको छ ।
प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार संविधानको धारा २९५ ,२ बमोजिम आजको बैठकमा नामकरणका लागि प्रस्ताव पेस हुने र आजै निर्णय हुने कार्यसूची छ । प्रदेश सभाको पहिलो अधिवेशनको १३ औं बैठक आज दिउँसो बस्ने जानकारी दिईएको छ ।
प्रदेश १ को नाम टुङ्गो लगाउन दलहरु सहमत छन् । नेपाली कांग्रेस र नेकपा एमालेले कोसी नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रसहित साना दलले पहिचानसहितको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।
प्रदेश सभा सचिवालयले सांसदहरूलाई प्रदेशको नामसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ताका लागि पनि सूचना जारी गरेको छ ।
प्रदेशसभा सचिव पराजुलीले आज बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्मको समय दिएर सचिवालयमा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पेस गराउन सूचना जारी गरेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । ४० सिटको नेकपा एमाले र २९ सिटको नेपाली कांग्रेस एक ठाउँमा उभिंदा दुई तिहाइ पुग्छ ।
कांग्रेस एमालेले भूगोलका आधारमा कोसी नाम पारित गर्ने तयारी गरेपछि पहिचानसहितको नाम छलफलका लागि प्रस्ताव गर्ने माओवादीका एक सांसदले जनाए ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल