Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको स्वागतमा राज्यमन्त्री खटेपछि

काठमाडौं । नेपाल दरिलो हुन सक्थ्यो भने छिमेकीले हेप्न सक्ने थिएनन् । तर सत्ताका लागि छिमेकीको पाउ पर्ने प्रवृत्तिका कारण मुलुकको अस्तित्व संकटमा पर्दै गएको छ । चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । दरिलो छिमेकी थियो भने पक्कै पनि यो भन्दा ठूलो पदको व्यक्ति स्वागतार्थ उपस्थित हुने थिए । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ । प्रधानमन्त्री दाहालको भ्रमणबारे राजदूत शंकर शर्माले पनि औपचारिक जानकारी दिएका छन् । उनले प्रधानमन्त्री दाहाललाई विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेको भन्दै ट्विटरमार्फत् जानकारी दिएका छन् । सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चारदिने भारत भ्रमणको तय गरेका हुन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १स्२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत आएका हुन् । यसअघि २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्ट्ले स्वागत गरेका थिए । बुधबार प्रधानमन्त्री दाहाल विमानस्थलमा स्वागत कार्यक्रमपछि होटलतर्फ प्रस्थान गरिसकेका छन् ।