Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको फेरि मिर्गौला प्रत्यारोपणको तयारी

काठमाडौं र प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ । मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बुधवार विहान धापासीस्थित ग्रान्डी अस्पताल लगिएको थियो ।
अस्पतालमा आईसीयुमा राखेर प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो । ग्रान्डी अस्पतालमा हिजै प्रधानमन्त्रीको मिर्गौलाको डायलाइसिस गरिएको थियो । तर प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह साह र अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित जाँचको लागि अस्पताल आएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । तर, डायलाइसिस गरिएको बिरामीको स्वास्थ्य अवस्था सामान्य नभएको चिकित्सकहरुको भनाइ छ ।
प्रधानमन्त्रीको रगतमा हानिकारक तत्व क्रियटाइन बढी देखिएको अस्पताल श्रोतले जानकरी दियो ।
प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचारका लागि गएका थिए । त्यहाँ प्लाज्मा फेरासिस गरेर प्रधानन्त्री ओली स्वदेश फकिएका थिए ।
शरीरबाट एन्टिबडिज हटाउनका लागि प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरिएको थियो । प्लाज्मा फेरेसिसबाट मिर्गौलालाई फाइदा नपुगे डायलाइसिसमा जानुपर्ने र त्यसबाट पनि नभएर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसले राम्रो काम नगरेपछि हिजो प्रधानमन्त्रीको डायलाइसिस गरिएको हो । डायलाइसिसबाट कुनै सुधार नभए प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको बताइन्छ ।
डायलाइसिसले पनि भएन भने प्रधानमन्त्रीको मिर्गौला ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको बताइएको छ । मिर्गौला फेर्नका लागि उपयुक्त मानिस पनि तय भइसकेको छ । सम्भव भएसम्म स्वदेशमै ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको छ ।
१२ वर्षअघि भारतको अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बुहारी अन्जना घिमिरे ओलीले त्यसबेला केपी ओलीलाई मिर्गौला दान गरेकी थिइन् ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल