Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री ओलीले नदेखेको पाटो

जसको हैसीएत जती छ त्यसलाई त्यही अनुसार काम दिनु पर्छ । नेकपा को नेत्तृव्व ले २ वर्षको अवधिमा गुटको भाग वण्डा र स्वार्थको घेरालाई स्विकार गर्दा असक्षम र अयोग्य चरित्रलाई बोक्दा पाटीको समेत बदनामी सहनु पर्यो । नितीगत रुपमा कोरोना भाइरस त बाकी रहेन भने सेकुरिटी प्रेस वाइडवढी न्यारो बढी नेपाल ट्रष्ट, थामर्सेकु, विधालय स्तरमा इन्टरनेट जडान प्रकृया नेपाल प्रहरीको इन्टरनेट सेवा प्रवृधि खरीद जस्ता विषयका बारेमा विवाद हुने थिएनन्। सरकारले बजेट विनाका योजनाहरु ल्याउदा स्रोतको व्यवस्थापनलाई चासो दिएको देखिएन । यस पटक अन्तराट्रिष्य सहयोग पाउन कठीन छ । विश्व कोरोना माहामारी भाइरसले आर्थिक रुपमा थला परेको छ । दाता राष्टहरु आफै संकटमा भएको बेला बजेट विनाका योजना ल्याएर सरकार पंगु बन्दैछ ।
१५ औ पंचवर्षिय योजनामा प्रवेश भएका कार्यक्रमहरु सरकारका पुर्व तयारी मानिन्छन्। नेपाल भ्रमण वर्ष थला पर्यो । नागरिक उड्यान प्राधिकरण अन्तरगतको पोखरा लुम्बिनी विमान स्थलको निर्माण कार्य मन्द गतीमा छ । यि राष्ट्रिय गौरबको आयोजन हुन । निजगढको कुरा आएको छ । जहाँ जमिनको विवाद छ । सरकारका मन्त्रीहरु प्राविधिक होइनन् । जुन विषय राजनितीक कपटले घेरिन्छ त्यहाँ सरकारको लगानी खेर जाने गरेको छ । प्राविधिकको सुझाव विना सुरु भएका योजनाहरु ले जनतालाई केही समय आशातित बनाएपनि वर्षातको बेला घरखेत बगाएर कैयौ ठाउँमा पिडा दिएको स्थिती छ । यस पटक सरकारले निती तथा कार्यक्रममा जसरी दम्ब देखायो त्यसको स्वरुप जेष्ट १५ गते राजनिती सुुझबुझ विनाका अर्थ मन्त्रीले देखाउने छन् ।ओली समुह र उनको गुटको दम्ब त्यसपछि फेरी उकालो लाग्नेछ ।
योजना ल्याउनु पर्छ जनतालाई माया गर्ने विश्वास योग्य काम गर्नु पर्छ ओली नेतृत्वले सन्तोषजनक काम गर्न सकेको छैन। आफै स्पष्ट बहुमतको सरकारलाई काम गर्न कसैले छेकेको थिएन ।२ तिहाईको सरकार रहेका बेला तत्कालीन सघिय समाजवादीलाई सत्ताबाट खेद्नु पर्ने जरुरी थिएन । संविधान संशोधनको वाध्यता यती खेर खडा भएको छ । भविष्यलाई ख्याल नर्गदा वर्तमान भद्रगोल हुन्छ । चौध वर्ष जेल जिवन विताएको राजनितीक प्राणिले तत्कालीन मध्यकालिन र दिर्घकालिन सोच राखेको भए नत पाटी भित्र असन्तोष बढथ्यो न सरकार आलोचित हुने थियो। अहिले यस्तो स्थिती सहनु पर्ला अन्तरकलह चर्किएला भन्ने सोचाई राखेको भए सधैभरीसबैलाई आश देखाएर झुक्याउने प्रम ओलीको व्यवहार र प्रवृति आलोचित हुने थिएन ।पाटीभन्दा गुटबाट अपराध धेरै हुने गर्दछन् ।आफ्ना विगतका योजनाहरु सफल नहुदाँ प्रधानमन्त्री ओलीले पछुतो मानेको कतै देखिएको छैन। सपना देख्नु पर्छ । आट र साहस विना अगाडी बढ्न सकिदैन । प्रधान मन्त्री ओलीको आट र साहस त भयो तर जनता, पाटी, नेता, कार्यकर्तालाई सधै झुक्याएर बहादुर भइदैन भन्ने सोच किन आएन? उनलाई जसजसले देवत्वकरण गरे तिनको घेराउमा उनी रमाए राष्ट विपदमा परेको समयमा पनि जनता प्रति सरकारको नेतृत्व इमान्दार भएको देखिएन । यस्तै अहंकारका कारण वर्तमान समयमा पनि सरकारका काम कारवाहीले मुर्तरुप लिन सकेनन् ।
नेपालको पक्षमा ट्रम्प
नेपालमा अमेरिकी मिलीनियम च्यालेन्ज कर्पोरेसनको पक्ष र विपक्षमा चर्चा चलीरहेका बेला राजनितीकभन्दा धन र व्यापार बाट सत्ताको नेतृव्व लिइएका अमेरिकी राष्टपति डोनाल्डट्रमले भारतद्धारा अतिक्रमित नेपाली भूमी फिर्ता गर्न इन्डिया गो व्याग भनेपछि यो मुद्धाले विश्वव्यापी रुप ग्रहण गरेको छ । बेलायतमा बसोबास गरेका नेपालीहरुले संयुतm राष्ट्र संघलाई ज्ञापन पत्र बुझाएर नेपाल माथि भारतले गरेको थिचोमिचोलाई उजगार गरी दिएका छन् । स्वतन्त्र देश नेपाल भुटान जस्तो भारतको अधिनस्त मुलुक होइन। सुदुरपश्चिमको दाचुर्ला जिल्लाको दुर्गम बस्ती टिङ्गकर लिम्पीयाधुरा लिपुलेक माथि भारतीय नजर पर्दा सन् १९५० को सन्धिको ख्याल गर्नु पर्दैन । सुस्ता र लिपुलेकमा भारतले गरेको हस्तक्षेप विरुद्ध नेपाली आवाज विश्व व्यापी रुपमा चर्कीन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्डट्रमले समेत इन्डिया गो व्याक भन्नु पर्यो ।अब इष्टइन्डिया कम्पनिको जन्मदाता वृट्रिश शासकहरुले समेत बोल्नु पर्ने बाध्यता खडा हुदै छ । किनकी नेपालका अतिक्रमीत भुमी भारतले कब्जा गरेको विरुद्ध नेपाली जनमत विश्व व्यापी रुपमा एक ढिक्का भएको छ । पुरानो नक्सा बेलायतको पुस्तकालयमा सुरक्षित छ ।