Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु इन्स्योरेन्सको २४औँ वार्षिक साधारण सभा माघ २४ गते शुक्रवार सम्पन्न भएको छ । तीनकुने काठमाडौँस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५–०७६ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर तथा करसहित ११.३२ प्रतिशत नगद लाभांश गरी जम्मा १६.३२ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ । साधारण सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पुँजी वृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको बताउँदै आफ्ना ग्राहकवर्गलाई आवश्यक सेवाहरू छिटोछरितो ढङ्गले प्रदान गर्दै सरकार तथा नियमनकारी निकायले लिएको नीतिअनुरूप बीमा क्षेत्रमा टेवा पु¥याउन प्रतिबद्ध रहेको बताए । कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरू प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै जोखिम व्यवस्थापन, कर्मचारी व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउनुका साथै प्रभावकारी सेवा–सुविधाहरू दिनेतर्फ जोड दिइएको बताए । वार्षिक साधारण सभामा सेयरधनीहरूले आफ्नो मन्तव्य राख्दै कम्पनीले पुँजी वृद्धिको अनुपातमा १६.३२ प्रतिशत लाभांश वितरण गर्न सक्नु गौरवको कुरा रहेको बताउँदै कम्पनीको प्रगति अत्यन्त सन्तोषजनक रहेको र आगामी दिनमा अझ राम्रो गर्दै जान सुझाव तथा सफलताको शुभकामना व्यक्त गरे । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी रू. १ अर्ब ५ करोड ६२ लाख ७५ हजार पुगेको छ । साथै, कम्पनीले केन्द्रीय कार्यालयसहित ५६ भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरूबाट सेवा प्रदान गरिरहेको छ ।


सम्बन्धित समाचार