Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । साथै, इन्स्योरेन्सले कर प्रयोजनको लागि ०।५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित ११.५८ प्रतिशत लाभांश (करसहित) अघिल्लो वर्षको तुलनामा बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । इन्स्योरेन्सको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १६ करोड रुपैयाँ छ । ११ प्रतिशत बोनस पारित पश्चात संस्थाको चुक्ता पुँजी एक अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।