Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभु लाइफको नाफा शत प्रतिशतले बढ्यो

प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९८ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १.६६ प्रतिशतले मात्रै कम हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद नाफा भने १०७.१९ प्रतिशतले बढेर १२ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यो बीमांकिय मूल्यांकन अघिको नाफा हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड ६८ लाख रुपैयाँ, बीमालेख धितोमा ५१ करोड ६० लाख रुपैयाँ लगानी गरी १ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५९ करोड ७९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ३ अर्ब ४७ करोड ७८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८३ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात ३९.९० गुणा बढी रहेको छ ।
कम्पनीले यस अवधिमा ३ लाख ८४ हजार १८३ वटा बीमालेख जारी गरी १ अर्ब ३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल