Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एआईजी बढुवाका निम्ति गृहमा ठूलै जाेरजुलुम

काठमाडौं । आईजीपी शैलेस थापा एक महिने बिदामा बस्ने हल्ला चलाएर त्यो हल्लालाई निरर्थक बनाउँदै पूर्व आईजीपीहरूले स्थापित गरेको परम्परालाई पछ्याउने भएका छन् । आईजीपी थापाको वैशाख १८ गते अवकाश हुनेछ । उनीसँगै तीन एआईजी र १६ जना डिआईजीको पद पनि सोही दिनबाट खाली हुनेछ । यतिखेर एआईको बढुवाका लागि चर्चामा रहेका डिआईजीहरू धिरजप्रताप सिंह, रविन्द्र धानुक, उत्तमराज सुवेदी, बसन्त पन्त र गणेश  ऐरबीचको प्रतिस्पर्धाले फुलि लिगाउन तयार भएकाहरुलाई समेत अप्ठ्यारो बनाएको छ । आज बेलुकीसम्म एआईजीको बढुवाका लागि गृहमन्त्रालयले प्रहरीलाई निर्देशन जारी गर्ने सम्भावना छ । तर, चर्चामा रहेका धीरजप्रताप सिंह, रविन्द्र धानुक, उत्तम सुवेदीमध्ये एकजनाको भाग काटेर गणेश ऐर वा बसन्त पन्तले खोस्ने सम्भावनालाई नकार्न सकिँदैन ।

हिजो दिनभर सिंहदरबारबाट एआईजीको सूचि हेर्डक्वार्टर आउँछ र फूलि लगाउनपर्छ भन्दै ठूलाबडालाई घर फर्किनै ढिला भएको थियो । वरिष्ठ एसएसपीहरूको प्रहरी सेवामा प्रवेश ०५१ चैत ५ मा निरीक्षक पदबाट भएको थियो । त्यो टोलीमा एसएसपीहरू सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, बसन्त कुँवर रहेका छन् । यस पटक तीन डिआईजीको एआईमा बढुवा भएको अवस्थामा पुरानाबाट २ जना र नयाँबाट १ जना एसएसपीलाई डिआईजी बनाउने हल्ला पनि नक्सालतिर चलाइएको छ । वरिष्ठताका आधारमा सन्दिप भण्डारी र टेकप्रसाद राई पहिलो रोजाईमा पर्छन् भने दोस्रो रोजाईमा दीपक थापा पर्दछन् ।

थापा प्रशासनमा भएकाले पनि चर्चामा आएका हुन् । २०५१ र ५२ का १३ जना एसएसपीहरू आईजीपी थापासँगै खाली भएको डिआईजी दरबन्दीमा वैशाख १९ गते डिआईजीका उम्मेदवार हुनेछन् । तर गृहमन्त्रीले मन्त्रिपरिषद्बाट तीन जना एआईजी थप भएको बताए पनि बढुवा प्रक्रिया शुरु नहुँदा अन्योल सिर्जना भएको हो । एसएसपीबाट डिआईजी हुने ०५२ का दीपक थापा, टेकबहादुर तामाङ र भीमप्रसाद ढकाल पनि हुन् । थापा एसएसपीको बढुवामा छैठौं नम्बरमा परेका थिए भने हाल उनी प्रशासनमा रहेका छन् ।

१ लाख म्यादी भर्ना गरिने
प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्नस्वीकृति दिएको छ । मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सरकारले ४० दिनका लागी म्यादी प्रहरीलाई भर्ना लिने भएको छ । चैतको पहिलो साता दरखास्त आह्वान गर्नेगरी तयारी भइरहेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताएका छन् । केसीकाअनुसार, म्यादी प्रहरीले जवान सरह तलव र रासन बापत थप ७ हजार पाउने भएका छन् । चैत २८ बाट म्यादी नियुक्त गर्ने प्रहरी प्रधान कार्यालयको तयारी रहेको छ । म्यादी प्रहरी २०७९ वैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहनेछन् । १ लाख म्यादी प्रहरीका लागि करिब साढे ४ अर्ब खर्च हुन्छ । एक साताको तालिम चलाउन १ करोड ५४ लाख खर्च हुने आकलन गरिएको छ ।