Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीको बेसक्याम्प नजिकै युवतीको सामूहिक बलात्कार

दाङ । तुलसीपुरमा एक युवती सामूहिक बलात्कारमा परेकी छन् । तुलसी उपमहानगरपालिका ५ न्युरोडकी २५ वर्षिया एक युवतीलाई तीनजना युवकले बिहिबार राति सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बलात्कारमा संलग्न मध्ये तुलसीपुर ५ बगरपुरका २९ वर्षीय शंकर विकलाई बसपार्क प्रहरीचौकीले नियन्त्रणमा लिएर इलाका प्रहरीका बुझाएको छ । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर ९ का अर्जुन विक र कान्छि परियार फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । बलात्कृत युवती सुस्त मनस्थितीकी छन् । ती युवतीलाई ललाइफकाइ गरेर तुलसीपुर ९ दोघरेस्थित सशस्त्र प्रहरीको बेसक्याम्प नजिकै बन्दै गरेको घरमा बलात्कार गरिएको प्रहरी जानकारी दिएको छ । बलात्कार भएको स्थल सशस्त्र बेसक्याम्पबाट बढीमा तीनसय मिटरको दुरीमा छ ।