Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीको सकृयताले अपराधी करक्कै

काठमाडौं । प्रहरीले बौद्धमा एक वर्ष अगाडि जापानिज नागरिकलाई कुटपिट गरी मध्यराति लाखौं रुपैयाँ र बहुमूल्य जी–मालाको लुटपाट भएको घटनामा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।

काठमाडौं–६, फुलबारी बस्ने ३२ वर्षीया जिना लामालाई प्रहरीले पक्राउ गरेको हो ।

लामालाई भगाउन सहयोग गरेको आरोपमा काभ्रेको कानपुर कालापानी–५ का रामसिंह तामाङ भन्ने बिहसुर सिंह लामा पनि पक्राउ परेका छन् । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रकरणमा संलग्न सेनामा तामाङ, दोर्जे तामाङ, दिनेश कार्की, एकराज तामाङ, आङनिमा शेर्पा, इन्द्रजित तामाङ र कृष्णबहादुर स्याङताङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो।

घटनामा अन्य केही व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंका गरिएको छ ।