Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीभित्र अनौठो अनुसन्धान, एसपीको उपद्रोमा एसपीनै न्यायाधीश

काठमाडौं । महिलालाई हेर्ने नजर परिवर्तन नभएसम्म कुनै पनि कार्यालय बन्दैन । देशको पहिचानसँग जोडिएको संस्थामा त्यस्ता चरित्र छन् । त्यही कारण तीनको प्रगति देखिँदैन । नेपाली सेना, नेपाल प्रहरीमा त्यस्ता पौरखी छन् । जसले आफ्नो पदीय मर्यादाको ख्याल पनि गर्दैनन् । प्रहरीले ७ महिना अगाडि जिल्ला कमाण्डमा खटाउँदा डा. आरजु राणा र मञ्जु खाँणलाई थैली बुझाएर गएका प्रहरी एसपी र एसएसपीहरू विवादमा छन् । तीमध्ये पर्साका कोमल शाहलाई कमाण्ड लुलो भएको आरोप छ भने बाँकेका सन्तोष सिंह राठौरले अघिल्ला एसपीकै बाटो त्याग्न नसकेको बताइन्छ । बर्दियाका सुधिर शाही बालुवा तस्करको जालमा फस्ने अवस्था छ । त्यसो त मोरङका दीपक पोखरेल, धनुषाका विश्व पोखरेल, महोत्तरीका प्रकाश मल्ल, रूपन्देहीका भरत विक पनि विवादमा छन् ।, बालुवाटारकै कृपामा बारा पुगेका हविन्द्र बोगटी हुन् कि मकवानपुरका एसपी वामदेव गौतमको पनि काम निष्कलंकित हुनेमा डर छ । यही बेला जहाँ गयो त्यहाँ विवादमा पर्ने एसपएसपी योगबहादुर पालको पौरखी कामले प्रहरी तरंगित छ । संगठनमा कार्यक्षमता भन्दा पनि भनसुन र राजनीतिक पहुँचका कारण बढुवा भएका एसपी पालको पछिल्लो पौरखको छानविन उनकै पदीय हैसियत भन्दा एक तह तलका एसपी श्याम सिंह चौधरीले गर्दैछन् । समान पदको चरित्रको पौरख छानविन गर्ने न्यायाधीश कस्तो चाहिन्छ ? प्रहरी नेतृत्वलाई चासो छैन । प्रहरीभित्र भ्रष्ट धेरै छन् । पोशाकमै बदनामी गर्नेहरू केन्द्रमै आईजीपी, एआईजीसम्मको सम्पर्क हुँदा तीनको अपराध दब्ने गर्दछ । त्यो पनि काँग्रेसी माहोलमा । जहाँ गयो त्यहाँ आचरण बिगार्ने एसपी पाल ०५२ मा प्रहरी निरीक्षकमा सफल नभएपछि राष्ट्रिय अनुसन्धानमा राजनीतिक पहुँचबाट निरीक्षक पदमा प्रवेश गरेका पात्र हुन् । त्यो वर्षको प्रहरी निरीक्षकको परीक्षामा उनी असफल भएका थिए । उनी घुस्याहा पनि हुन् । यौन लम्पट पनि हुन् । काँग्रेसी शक्ति प्रयोगले विगतका अपराध दबे पनि यस पटक गृहमन्त्री कडा छन् भन्ने बुझ्नु पर्छ । प्रहरीभित्र काँग्रेसी साँढे मानिने एसपी योगबहादुर पाल जहाँ नेतृत्व लिन्छन् त्यहाँ विवादित बन्दा संगठनले तानेको थियो । महिला प्रहरी एक्लै कार्यालयमा भेट्न जान नसक्ने पालको अपराध ठूलो हो । तर छानविन गर्ने एसपी नेतृत्वमा समिति बन्द उनलाई निलम्बन गरियो । किनकि यो छानविन, झारा टार्ने खालको छ । एसपीको अपराधमा एसपी श्याम सिंह चौधरीलाई छानविन गर्न खटाएको समाजले स्वीकार्दैनथ्यो । त्यसो त मोरङका दीपक पोखरेल, धनुषाका विश्व खड्का, महोत्तरीका प्रकाश मल्ल, रूपन्देहीका भरत विक पनि कार्यसम्पादनमा कमजोर छन् । प्रदेश डिआईजीहरू कामको अनुगमन गर्न कोशीमा टेकप्रसाद राई, मधेशमा मिरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ, सुदूरपश्चिममा सुदिप गिरीको कार्यक्षेत्रमा भित्र खटेका जिल्ला इञ्चार्जहरूको पौरखी कामको रिपोर्ट कस्तो बन्ला पर्खनैपर्छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको सरुवा, बढुवामा कतैबाट दबाव र हस्तक्षेप हुन नदिने बताएका छन् । गृहमन्त्रीको यो भनाईलाई प्रहरीको बर्दीमा सधैं दलाली गन्धमा रमाउनेहरूलाई भने सहज छैन । शरणार्थी प्रकरणमा उपत्यका एआईजी श्याम ज्ञवाली, काठमाडौं एसएसपी दाबहादुर कार्की र अपराध एसएसपी मनोज केसीको जोडी मिलेको छ । भीभीआईपी ठानिएका टोपबहादुर रायमाझी र बालकृष्ण खाँणले नेतृत्वमाथि दबाव कति दिए त्यो देखियो । इन्द्रजित राईलाई त्यो पद दिलाउने को हो ? तत्कालिन गृहसचिवहरू प्रेमकुमार राई, महेश्वर न्यौपाने चोखो, टेकनारायण पाण्डे जुठो त हुँदैन । भष्मासुर सञ्जाललाई गृहमन्त्रीले चिनेरमात्रै हुँदैन । तीन दलका सुप्रिमोहरूको चाल प्रमुख हुन्छ । शंका ठूला नेताको चरित्रमा छ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी शर्मा ओली यो देशका नायक हुन् कि खलनायक ?


सम्बन्धित समाचार